20160110

“मैले दरबार छोडेको हुँ, नेपाली घरबार छोडेको छैन। नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।” - ज्ञानेन्द्र शाह



पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले दरबार मात्र छोडेको बताएका छन्। राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको जन्म जयन्तीको उपलक्ष्यमा आइतबार एक सन्देश दिदै शाहले भनेका छन्, “मैले दरबार छोडेको हुँ, नेपाली घरबार छोडेको छैन। नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।” शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रवासीको सुख, सम्मृद्वी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सुम्पेर आफूले दरवार छोडेको उनले जनाएका छन्। “अब नेपाली जनताले को कसरबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ” शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ। पूर्व राजा शाहले सोचनीय कुरा भन्दै देश भित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्तो वख्डा भएका छन् त्यो राम्रो होइन भनेका छन्। अर्थिक संकट,चरम महंगी, अभाव, अनुत्पादक र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको प्रती चिन्ता जनाएका छन्। “नेपाली जनताले अहिले साँझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ त्यो गम्भिर चिन्ताको विषय हो” विज्ञप्तिमा उल्लेख छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक