20160130

अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाले यही फेब्रुअरी १४ मा युरोपमा भब्य कार्यक्रम गर्दै !

कार्यक्रमको पूर्ण सफलताका लागि अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समितिका तर्फबाट हार्दिक शुभकामना ब्यक्त
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाले पहिलो युरोप कलाकार भेला आयोजना गर्ने भएको छ। नेपालि कला र नेपाली संस्कृतिलाई बिस्व सामु चिनाउने र युरोपमा रहेका नेपाली  कलाकारहरुलाई एक सुत्रमा बाध्न्ने प्रयासरत बेल्जियमको एन्ट वेर्पेन सहरमा आगामी १४ फेब्रुवरी २०१६ भेला आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय कलाकार मंच युरोप शाखाले जनाएको छ । कार्यक्रममा नेपालबाट आउने कलाकारका साथै युरोपका देशहरु जर्मनी, बेल्जियम, हल्याण्ड, पोर्तुगल, स्पेन, ईटाली र डेनमार्कमा लामो समय देखि कार्यक्रम गर्दै युरोपमा आफ्नो छबि बनाउन सफल कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । कलाकारहरु र कला प्रेमी सबैलाई अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखाले आई ए एफ युरो सांगीतिक भेला २०१६ मा हार्दीक निमन्त्रणा गरेको बताउने अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखा नब गठित कार्य समिति अध्यक्ष दयाराम पौड्यालका अनुसार यो कार्यक्रम यूरोपमा हरेक बर्ष आयोजना गरिने छ र नेपाली  कला सस्कृतिको उथान का लागि लागिपरेको हाम्रो सस्थाले बिभिन्न कार्यक्रम हरु लिएर आउने छौ । कार्य समितिले आयोजना गर्न लागेको
यो कार्यक्रम भब्य र सफल बनाउन युरोपका सबै देशका अध्यक्षहरुको संयोजकत्वमा एक कार्य दल गठन गरेको छ। उक्त कार्यदलमा कार्यदल प्रमुख बेल्जियम वाट बिनोद शाही, जर्मनीवाट बेल गुरुङ, स्पेनवाट अजय लोप्चन र पेम्बा छोटी सेर्पा, पोर्तुगल वाट पद्म लामा, र डेनमार्क वाट कबिता खड्का लाई कार्य भार सुम्पेको छ । उक्त कार्यक्रममा ब्यबसायी,  बुद्धिजिबीहरु  , सामाजिक संगठनका पदाधिकारीहरु, पत्रकारहरु, कलाकारहरु, समाजसेवीहरु सबैलाई उपस्थित भई कार्यक्रमलाइ सफल पारिदिनु हुनको लागि समेत पौडेलले अनुरोध गरेका छन् ।



शुभकामना सन्देश !  
श्री दयाराम पौडेल जी 
अध्यक्ष एबम समस्त परिवार
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महा शाखा

                                                          
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महा शाखाले पठाएको प्रमुख अतिथिको निम्तो प्राप्त भयो । मलाई पनि त्यहा आएर उक्त कार्यक्रममा सहभागी हुन अत्यन्त मन थियो तर समय को पावन्दी र सोही दिन अमेरिकामै अर्को मेरो ठुलो कार्यक्रम हुँदै गरेकाले चाहेर पनि उपस्थित हुन सकिन । त्यसका लागि क्षमा प्राथी छु । तपाईं र युरोप महा शाखामा रहेका सबै साथीहरुलाई उक्त कार्यक्रम आयोजनाका लागि हार्दिक धन्यवाद दिंदै कार्यक्रमको पूर्ण सफलताका लागि अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समितिका तर्फ बाट हार्दिक शुभकामना  ब्यक्त गर्दछु ।
तपाईंहरुलाई थाहै छ युरोप महा शाखामा रहेका साथीहरुको काँधमा झनै ठुलो जिम्मेवारी आएको छ, गम्भिरता पूर्वक बहन गर्दै युरोप महा शाखा लाई अगाडि बढाउन अनुरोध पनि गर्दछु ।

अन्त्यमा, अन्तर्राष्ट्रिय कलाकार मँच कुनै सरकारी अनुदान वा दात्री संस्थाको सहयोगमा चलेको नभइ एउटा स्वायत्त संस्था स्वतन्त्र संस्था र सामाजिक, नाफा नकमाउने संस्थाका रुपमा स्थापना गरी संस्थापकहरुबाटै आफ्नै आर्थिक अनुदानमा कार्यरत रहेको सार्वजनिक जानकारी छँदै छ । न यो मँच कुनै संस्थाबाट अलग भएका झगडीया र कथित ठालुहरुले स्थापना गरिएको मँच हो न त कसै सँग कुनै प्रतिसोध लिन वा प्रतिस्पर्धा गर्न खोलिएको संस्था हो । हाम्रो प्रतिस्पर्धा हामी सँगै छ । यदी कसैले कहीँ कतै मँचका नाममा गलत कार्य गर्छ भने न छोडिने छ, न त झुटो प्रचार गरेर आत्मरती लिनेहरुसँग मँच तर्सिने छ । यो कुरामा युरोप महा शाखाका हरेक पदाधिकारी एबम सदस्यहरुलाई सजक हुन पनि केन्द्र हार्दिक अनुरोध गर्दछ । मँच ठुला कुरा गर्ने तर सानो काम पनि नगर्ने कुरामा विश्वाश गर्दैन तसर्थ यसका महाशाखा, शाखा, यसमा आबद्ध सबैमा केन्द्रिय समिती एउटा बिनम्र अनुरोध के गर्दछ भने - कृपया हामी जे सक्छौँ त्यो गरौँ, योगदान दिउँ, ठुला कुरा होइन साना काम गरेर योगदान दिउँ । नारा होइन, काममा विश्वाश गरौँ । केबल आलोचना होइन, सकारात्मक आँखाले पनि हेरौँ । कला, सँस्क्रिति, गीत, संगीत, साहित्यको क्षेत्रमा एउटा मात्र भए पनि इँट थप्ने प्रयास गरौँ । पदको लागि मात्र मँचमा सहभागी नहोउँ । सबै सँग बिनम्र आग्रह केन्द्रिय समितिको तर्फबाट ।

तपाईंहरुकै 


रामप्रसाद खनाल - अध्यक्ष 
अन्तर्राष्ट्रिय कलाकार मँच,
केन्द्रिय समिति
वाशिङटन डिसी, अमेरिका 

http://www.iafamerica.com/
 
************************************************



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक