"काठमाडौँ काबुल बनोस् ? सुडान झैँ सडियोस् ? होइन भने निर्जीव लास झैँ हामी किन लम्पसार छौँ ? विदेशी सेनाले हाम्रै घरघरमा पसेर पत्नी, छोरी, बुहारी, दिदीबहिनी र अबोध बालिकामाथि बलात्कार गर्न थालेपछि मात्रै जागृत हुने कि अहिल्यै बोल्ने ? हामी जिउँदै छौँ कि मरिसक्यौँ ? चिमोट्ने बेला आएको छ, आफ्नै शरीर।"
सातौँ शताब्दीमा तिब्बतका राजा थिए, स्रङचङ गम्पो । चीनकी वेन छेङ र नेपालकी भृकुटीसँग विवाह गरे उनले। तिब्बतमा बुद्धको मन्दिर निर्माण गर्ने प्रथम राजा उनै हुन्। महाराजाधिराज पदवी ग्रहण गर्ने पहिलो शासक अंशुबर्माकी छोरी हुन्, भृकुटी। भृकुटीसँग विवाह गरेपछि तिब्बतमा बौद्धधर्ममा आधारित कानुन बनाएर स्रङचङ गम्पोले विधिको शासन सुरु गरे। ससुराली देशमा विधिको शासन भएको हुँदा उनी त्यसबाट प्रभावित भए।
सातौँ शताब्दीमा तिब्बतका राजा थिए, स्रङचङ गम्पो । चीनकी वेन छेङ र नेपालकी भृकुटीसँग विवाह गरे उनले। तिब्बतमा बुद्धको मन्दिर निर्माण गर्ने प्रथम राजा उनै हुन्। महाराजाधिराज पदवी ग्रहण गर्ने पहिलो शासक अंशुबर्माकी छोरी हुन्, भृकुटी। भृकुटीसँग विवाह गरेपछि तिब्बतमा बौद्धधर्ममा आधारित कानुन बनाएर स्रङचङ गम्पोले विधिको शासन सुरु गरे। ससुराली देशमा विधिको शासन भएको हुँदा उनी त्यसबाट प्रभावित भए।
येशे चोग्यालको प्रसिद्ध पुस्तक द लोटस बर्न: द लाइफ स्टोरी अफ पद्मसम्भव,
बौद्ध धर्म-संस्कृतिका गवेषकका लागि मात्र होइन, हिमाली क्षेत्रको प्राचीन
संस्कृति, धर्म र परम्पराबारे जान्न चाहने सबैका लागि अमूल्य ग्रन्थ हो।
शाक्यमुनी बुद्धले भन्नुभएको थियो, ‘मैले निर्वाण प्राप्त गरेको आठ वर्षपछि
उद्धियान देशमा पद्मसम्भवका रूपमा जन्म लिनेछु।' यसैले पद्मसम्भवलाई
बुद्धका अवतार मानिन्छ।
नेपालको फर्पिङ र हलेसी महादेव (खोटाङ) लगायतका ठाउँमा तपस्या गरेका
पद्मसम्भव राजाका छोरा थिए। उनका बारेमा धेरै पुस्तक लेखिएका छन्। भनिन्छ,
स्रङचङ गम्पो र भगवान् रामजस्तै पद्मसम्भव (गुरु रिम्पोचे)
पनि नेपालीका ज्वाइँ थिए।
पनि नेपालीका ज्वाइँ थिए।
उता बीबीसी टेलिभिजनले लामो अनुसन्धान गरेर जिसस क्राइस्ट बौद्ध
धर्मावलम्बी थिए भन्दै कालान्तरमा यहुदी धर्म अपूर्ण भएको तर्क गर्दा उनी
मारिए भन्ने तथ्य प्रकाशमा ल्यायो। प्राचीन धर्म-संस्कृतिको अध्ययन गर्न
क्राइस्ट भारतमा बसेको तथ्य संग्रह गरेर पुस्तक नै प्रकाशित गरिएको छ।
'जिसस लिभ्ड इन इन्डिया' ग्रन्थमा होल्गर केर्स्टनले यो प्रकाशमा ल्याए ।
रसियाका लेखक निकोलाई नोतोभिचले पनि क्राइस्टले भारतमा हिन्दु र बौद्ध
धर्मबाट प्रेरणा लिएको उल्लेख गरेका छन्।
क्राइस्ट र उनकी आमा मेरी कश्मीरको भ्रमणमा जाँदा इस्लामावाद र कश्मीर
(पाकिस्तान अधीनस्थ) बीचमा मेरीको मृत्यु भयो। त्यो पर्वतीय ठाउँलाई आज पनि
मरी भनिन्छ।
११ वर्ष पहिले पाकिस्तान भ्रमणका क्रममा नेपाली पत्रकार टोलीमा पंक्तिकार
त्यहाँ पुग्दा पथप्रदर्शकले भनेका थिए, ‘इसाईहरू आज पनि श्रद्धाले यहाँ
आउने गर्छन्।' जर्मन लेखक होल्गरले जिसस क्राइस्टले प्राचीन
अलेक्जेन्ड्रिया सहरमा बसेर बौद्धधर्मको प्रचार गरेको उल्लेख गरेका छन्।
पुराना ग्रन्थ खोज्दा, कुरानमा क्राइस्टलाई इसा भनिएको छ । प्राचीन
कश्मिरी ग्रन्थहरूमा उनलाई युज असफ भनिएको छ। भविष्यत् महापुराण (भाग ९,
१७-३२) मा पनि इसा मसिहाको वर्णन भएको विद्वान्हरूको धारणा छ । त्यसमा
उनलाई कश्मीरमा बसोवास गर्ने भनिएको छ।
यस्ता तथ्यहरू खोज्दा प्राचीन नेपालको गाथा अद्वितीय भेटिन्छ । रामायण,
महाभारत, वेदलगायतका धार्मिक ग्रन्थहरूमा कतै न कतै नेपाली माटोको सुवास
आउँछ । पुर्खाको इमान, सत्कर्म र सौर्यप्रति शिर झुकाउन मन लाग्छ।
संसारका ज्ञान-पारखीहरू हिमवत्खण्डमा सधैँ आकर्षित भएका छन् । नेपालको
विद्वत् परम्पराबाट प्रभावित भएका सिल्भाँ लेभी र प्राध्यापक जिसेप
टुचीलगायतका कैयन् विद्वान्ले नेपाललाई ज्ञानी, ध्यानी, विवेकी, शिल्पी,
विद्वान्-विदुषी, संस्कृति र धर्मको रक्षार्थ उभिने चेतनशीलहरूको राष्ट्र
भनेका छन् । यता हामी च्युत बन्दै गएका छौँ।
संकटको अवस्थामा हतियार नभए पनि गाउँमा उपलब्ध ढुंगा, बाँस आदिले शत्रु लखेट्न सकिन्छ। खाद्यान्न भएन भने कन्दमूल खाएर पनि प्राण बचाउन सकिन्छ, तर जनविश्वास भएन भने कुनै पनि राज्य चल्दैन।
प्रश्न उठ्छ-हजारौँ वर्ष पुराना हाम्रा मूल्यमान्यतालाई विदेशीहरूले
मनोवैज्ञानिक हतियार प्रयोग गरेर धमाधम ढालिरहँदा हामी किन आज मौन छौँ ?
नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दा दीपावली गर्ने दुर्बुद्धि
कहाँबाट आयो ?
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलगायतका राष्ट्रिय एकताका पुञ्जको अपमान
गर्दा हामी किन मौन बस्यौँ ? एक प्रतिशतभन्दा थोरै जनसंख्यामा रहेका इसाईको
उत्सवलाई सरकारी बिदा दिनेहरूले राष्ट्रिय एकता दिवस (पुस २७) रद्द गर्दा
किन हामी सडकमा आएर राष्ट्रिय एकता विरोधीविरुद्ध बोलेनौँ ? संघीयताका
नाममा राष्ट्रलाई खण्डखण्ड बनाउन खोज्दा हामी मूकदर्शक बनेर किन हेरिरहेका
छौँ?
काठमाडौँ काबुल बनोस् ? सुडान झैँ सडियोस् ? होइन भने निर्जीव लास झैँ
हामी किन लम्पसार छौँ ? विदेशी सेनाले हाम्रै घरघरमा पसेर पत्नी, छोरी,
बुहारी, दिदीबहिनी र अबोध बालिकामाथि बलात्कार गर्न थालेपछि मात्रै जागृत
हुने कि अहिल्यै बोल्ने ? हामी जिउँदै छौँ कि मरिसक्यौँ ? चिमोट्ने बेला
आएको छ, आफ्नै शरीर।
हामीले पढेका, सुनेका र जानेका छौँ-पाँच हजार वर्ष पुरानो लिखित इतिहास छ
नेपालको । त्यतिबेला कतिवटा राष्ट्र थिए, संसारमा ? हाम्रा प्राचीन
मठमन्दिर, गुम्बा र विहार हेर्न आउँछन्, लाखौँ पर्यटक । अमेरिका स्वतन्त्र
नहुँदै बनेका हजारौँ मन्दिर देखेर ती चकित हुन्छन्।
राजा मानदेवले १५ सय वर्ष पहिले स्वतन्त्र राजाको अधिकार प्रयोग गरेर
मुद्रा (मानांक) ल्याएका थिए भन्ने तथ्य थाहा पाएर छक्क पर्छन् विदेशी।
मिडियभल नेपाल (तृतीय खण्ड) पुस्तकमा डा. डिल्लीरमण रेग्मीले गोपाल वंशावली
उद्धृत गर्दै भनेका छन्, 'भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, भीमगुप्त,
विष्णुगुप्त, जिनगुप्त राजा भएपछि महिषपाल राजाहरूले शासन गरे र त्यसपछि
किरात राजाहरूले शासन गरे।' अन्वेषण गर्दा १९२ जना राजाले शासन गरेको
पाइन्छ, २०६४ सालसम्ममा। उनीहरूले धर्म-संस्कृति र परम्पराको अपमान गरेनन्,
सधैँ सम्मान गरे।
प्रा. जयराज आचार्य भन्छन्, ‘नेवारी संस्कृति शिरोधार्य गरेर पृथ्वीनारायण
शाहले कुमारीको चरणस्पर्श गरे। कुमारी पूजाका निम्ति गुठीको आम्दानी
दोब्बर गराए। आफूले जितेका नेवार राजाहरूका सालिक भत्काएनन् , बरु सुनको
जलप लगाएर टल्काइदिए। काठमाडौँ उपत्यकालगायत देशभरिकै मठमन्दिर, गुम्बा र
बिहारको संरक्षण गरे । उनी राष्ट्रलाई एकीकृत गराएर बलियो बनाउन चाहन्थे।'
बहुसंख्यक नेपालीहरू आज पनि राष्ट्र सुदृढ बनोस् भन्ने चाहन्छन् । एकता,
शान्ति र समृद्धि चाहन्छन् । काठमाडौँलाई काबुल, कम्बोडिया र किगाली बनाउन
चाहने बाह्य शक्तिले फिफ्थ कलमनिस्ट (पञ्चमांगी) पालेका छन्— कैयन् प्रेस,
एनजीओ, थिंक ट्यांकलगायतका हरेक गल्ली र गल्छेडामा।
क्विजलिङले नर्वेमा आफ्नै राजा हाकोङ र सेनामाथि हमला गर्न जर्मन सेना
बोलाए झैँ विदेशीलाई निमन्त्रणा गरिरहेका छन्, राष्ट्रघातीहरू । तराई
टुक्र्याउन खोज्ने, राष्ट्रिय पोसाकलाई संविधानबाटै हटाउने, राष्ट्रिय एकता
दिवस खारेज गर्ने र त्यसैलाई निरन्तरता दिइरहने वा राष्ट्रलाई एक दिन
दावानलमा हालेर गृहयुद्ध मच्चाउन चाहनेहरूलाई थाह छ-एक दिन काठमाडौँ काबुल
बन्छ । उनीहरूले खोजेकै त्यही हो।
कनफ्युसियस राजाका छोराहरूलाई समेत आफ्नै आ श्रममा पढाउँथे । राष्ट्र कसरी
बलियो हुन्छ भनेर प्रश्न गर्दा उनले विद्यार्थीहरूलाई सम्झाएका
थिए-पर्याप्त हतियार, सेना र जनतालाई गाँस, बास र कपडा अनि जनविश्वास भयो
भने राज्य प्रबल हुन्छ।
संकटको अवस्थामा हतियार नभए पनि गाउँमा उपलब्ध ढुंगा, बाँस आदिले शत्रु
लखेट्न सकिन्छ । खाद्यान्न भएन भने कन्दमूल खाएर पनि प्राण बचाउन सकिन्छ,
तर जनविश्वास भएन भने कुनै पनि राज्य चल्दैन।
नेपाली राज्यसत्ताले आज जनविश्वास गुमाइसकेको छ। जति पनि परिवर्तन भए, ती
एकपछि अर्को गरेर कष्टप्रद हुँदै गएका छन्। जनता र राष्ट्रलाई शक्तिशाली
हुन नदिने र दलका खेतालामार्फत नेपाललाई कमजोर पार्न चाहने विदेशीको
चक्रव्युहमा परेको छ देश। यस्तो स्थितिमा दल, जात र क्षेत्रको संकीर्ण सोच
त्यागेर राष्ट्रलाई सर्वोच्च मान्ने शक्ति मात्र जनताको नायक बन्न सक्छ। Source - Annapurna Post
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक