20160227

हो यस्तो हुनुपर्छ लोकगीत । हुन त अहिलेको नयाँ नेपालका नयाँ लोक गायक गायिकालाई यस्ता लोकगीत ले के छोला र ! तर कमल भाईको गीत ले देश दुनियाँ सबैलाई छुने छ ।

मेरो एक जना प्रिय भाई कमल खनालको यो लोकगीत उनको मात्र कथा र ब्यथा होइन, लाखौं लाख नेपालीको कथा ब्यथा हो । धन्यवाद भाई मिठो प्रस्तुतिको लागि । हो यस्तो हुनुपर्छ लोकगीत । हुन त अहिलेको नयाँ नेपालका नयाँ लोक गायक गायिकालाई यस्ता लोकगीत ले के छोला र ! तर कमल भाईको गीत ले देश दुनियाँ सबैलाई छुने छ । हा र हु गर्दै आफै दर्शक सँग गीत गाउनु भन्दा अगाडि नै सिठ्ठी फुक्दै ताली र हुटिङ गर्ने र माग्ने "मोडल" लोक गायक गायिका र तिनै सँग झुम्मिने मात्र होइन यस्ता मर्मस्पर्सी लोकगीत खोज्ने र रुचाउने दर्शक र श्रोता पनि कम छैनन, हामी कलाकार हरुले बुझ्नु जरुरी छ । भाई प्रती दाई आज फेरी एक पटक गर्ब गर्दछ । - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक