20160424

राप्रपा नेपालका साँसद गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि दिएको अपिल खारेज, कारबाही सही रहेको फिफा निस्कर्ष !

ganesh thapa

विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष एवं राप्रपा नेपालका साँसद गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारकालागि दिएको अपिल खारेज गरिदिएकोछ !
भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक वर्षअघि १० वर्षे प्रतिबन्धका साथै १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । शुक्रबार विज्ञप्तिमार्फत फिफाले थापाले गरेको अपिल खारेज
गरेको जनाएको हो ।
विज्ञप्तिमा आचरण कमिटीले गरेको कारबाही सही रहेको निस्कर्ष निकालिएको फिफाले स्पष्ट गरेको छ । थापाले करिब २१ वर्षसम्म एन्फा अध्यक्ष रहेर काम गरे । थापामाथि सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस लिएको आरोप फिफाको छ ।
थापाले भ्रष्टाचार काण्डमा आजीवन प्रतिबन्धमा परेका एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको प्रमाणित भइसकेको छ । थापाका छोरा गौरवमार्फत हमामले एक करोड नेपाली रुपैयाँ जम्मा गरेको थापा स्वयंले स्वाीकार गरिसकेको छन् ।
यद्यपि त्यसलाई उनले ऋण सापटी भएको दाबी गर्दै आएका छन् । थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान र परराष्ट्रमन्त्री कमल थापाका सहोदर भाई हुन् । भ्रष्टाचार अभियोगमा थापामाथिको मुद्धा अख्तियारमा विचाराधीन छ । तर, अख्तियारले मुद्धा प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक