20160424

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बैशाख १२ मै दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरे




dhurmus suntali new namuna basti
हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका छन् । भूकम्प गएको ठ्याक्कै एक वर्ष पुगेको दिन आज बिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका हुन् । बस्ती निर्माणको काम थालनीस्वरुप गिरानचौर एकिकृत बस्तीमा सामूदायिक भवनको जग शिल्यान्यास गरिएको हो । यस अघि विभिन्न व्यक्ति, संघ संस्थाको
सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमा पहिलो एकिकृत नमुना बस्ती बनाएका थिए । गिरानचौरमा रहेका ६५ परिवारका लागि करीब ६ महिना भित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ ।
गिरानचौर एकिकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउण्डेशनले जनाएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । धन नभए पनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् । गिरानचौर एकिकृत बस्ती निर्माणको काम थालनी गदै गर्दा उनले पहिलो एकिकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई पनि धन्यवाद दिएका छन् । देश विदेशबाट सहयोग गर्ने केहि प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले त्यीनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् ।
साढे तीन करोड अनुमानीत लागत रहेको यो बस्ती निर्माणको थालनी गर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँया मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पुरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरानचौर एकिकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाई छ । सामाजिक काम गर्न पाउँदाको खुशि अन्य कुनै पनि कामबाट प्राप्त हुन नसक्ने भएकाले ६५ परिवार भूकम्प पिडितको दुख कम गर्न लागि परेको उनी बताउँछिन् ।
dhurmus suntali new namuna basti
dhurmus suntali new namuna basti
भूकम्प पिडितको घाउमा मल्हम लगाउने यस अभियानमा साथ दिन उनले सबैमा अपिल गरेकी छिन् । आर्थिक रुपमा सहयोग गर्न नसक्नेहरुले श्रमदान मार्फत पनि बस्ती निर्माणमा सहयोग गर्न सकिने फाउण्डेशनले जनाएको छ ।






dhurmus suntali new namuna basti

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक