20160405

धुर्मुस र सुन्तलीको बारेमा एउटा कुरा भन्न मन लाग्यो आज !

नेपालबाट धुर्मुस भाईले "लोटे चर्पी" को बारेमा मलाई इनबक्स मेसेज पठाउँदै यसबारेमा लेखे पछी मैले आजै प्रिय कलाकार भाई/बहिनी धुर्मुस र सुन्तलीको "लोटे चर्पी" हेरें । ५२ मिनेटको यो भिडियो हेर्दा एकातिर मैले भरपुर मनोरन्जन लिन पाएँ । कती हाँसियो कती !सिमै रहेन । हेरे पछि यि दुई भाई बहिनीको खुबी, प्रस्तुतिकरण, सरलता, तराइ क्षेत्रमा हुने चर्पी र हगाइको भोगाइ को जती प्रशँशा गरे पनि कम हुन्छ जस्तो लाग्यो । म आफु पनि कलाकारितामै भएको कारण पुराना अग्रज कलाकार देखी नयाँ पिँढी सम्मका लगभग धेरै जसो कलाकार सँग सानिध्यतामा छु नेपालमा हुँदा होस वा अमेरिका बस्दा । म अग्रज कलाकारहरुलाई आदर सम्मान गर्छु भने आफु भन्दा पछीका सबैलाई माया र सदभाब राख्दछु । कसैलाई होच्याउने, उक्साउने गर्न न बिगत मा जानियो न अहिले र न भोली गरिने छ ।
तर आज मलाई धुर्मुसको बारेमा एउटा कुरा बोल्न, भन्न मन लाग्यो । उनी म सँग पनि नजिक छन त्यो भन्दा अरु धेरै कलाकार धेरै नजिक छन । एउटा सत्य कुरा, इमान्दारिताका साथ भन्छु - बास्तबमा सिताराम भाई अर्थात धुर्मुस नेपालमा हरिबँश आचार्य पछीका सबै भन्दा खुबिवाल कलाकार हुन । शुरु शुरुका दिनमा उनको अभिनय हल्का फुल्का, अली हावा किसिमको, केटाकेटी प्रकार हुन्छ भन्थे दर्शकहरु, मलाई पनि त्यस्तै लाग्थ्यो तर अहिले मलाई लाग्छ मेरो सोँचाइ गलत रहेछ । धुर्मुसले हामी सबै त्यस्तो सोंच्ने लाई बिस्तारै बिस्तारै गलत साबित गर्दै गए । धुर्मुस भाई मात्र होइन सुन्तली बहिनी पनि के कम ! यि जोडीको सफलता को मुक्त कन्ठले प्रशँशा गर्दछु म पनि । सन्देश मुलक देखी मनोरन्जनात्मक, शिक्षा मुलक, सामाजिक हर कुरालाई अभिनयमा उतार्ने मात्र होइनन धुर्मुस र सुन्तली, यि जोडीको कन्सेप्ट पनि अबल दर्जाको हुन थालेको छ अाजकल । चर्पी अभियान, सरसफाइ अभियान, दर्जनौं भूमिकामा अभिनय गर्दा यि जोडीले देखाएको खुबी लाई सलाम । त्यती मात्र होइन आफ्ना अग्रजहरुलाई पनि त्यत्तिकै सम्मान गर्न जानेका धुर्मुस र सुन्तलीबाट हामी अरु कलाकारहरुले पनि केही सिक्ने कि ! -  रामप्रसाद खनाल
आज मैले हेरेको धुर्मुस सुन्तली अभिनित लोटे चर्पी:


 केही समय अघि अमेरिकामा





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक