20160717

शेरबहादुर देउवा, पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली तिनै जनाको सहमतिमा दिएको एक करोड को यो नाटक !

‘गुगल ब्वाइ’का रुपमा चिनिएका वालक आदित्य दाहाल संरक्षण प्रतिष्ठानलाई केहीदिन अघि मन्त्रिपरिषद्ले एक करोड रुपैयाँ सहायता दिने निर्णय गरेपछि सामाजिक सञ्जालहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटु आलोचना भएको छ । सरकारमाथि माओवादी र कांग्रेसले राखेको अविश्वास प्रस्तावसँग जोडेर पनि ओलीले मनोमानी रकम दिएको भन्दै कांग्रेस र माओवादीका कार्यकर्ता आलोचनामा सक्रिय छन् ।तर, आदित्य प्रतिष्ठानलाई सो रकम दिन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले विशेष जोड गरेको र डेढ साताअघि प्रधानमन्त्री निवास वालुवाटारमा आदित्यसहित परिवारलाई नै बोलाएर तीन दलका शीर्ष नेताले एक करोड रुपैयाँ दिने सहमति गरेको
खुलेको छ । 

सहमतिको सरकार गठन गर्ने एजेण्डा भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेस सभापति देउवा पनि सो अवसरमा बोलाइएका थिए । सोही बैठकका बेला माओवादी नेताहरुले नै फोन गरी आदित्यको परिवारलाई प्रधानमन्त्री निवासमा बोलाउन लगाइयो । 

बैठकमा अनौपचारिक कुराकानीका क्रममा माओवादी अध्यक्ष (दाहाल) प्रचण्डले आदित्य दाहाल प्रतिष्ठानलाई सायोग गर्नु पर्ने प्रस्ताव राखे । दाहालको प्रस्तावपछि केहीबेर आदित्यले यसअघि भविश्यवाणी गरेका विषयमा केहीबेर चर्चा भयो । चर्चापछि कांग्रेस सभापति देउवाले त्यस्ता वालकलाई सहयोग गर्नु राम्रो हुने वताउँदै दाहालको प्रस्ताव ठीक हो भन्दै रकम दिन आग्रह गरे । त्यसपछि उनको परिवारलाई खवर गर्ने कुरा भयो । परिवारको सम्पर्क नम्बर माओवादी नेता नारायणकाजी श्रेष्ठसँग रहेछ । त्यहीँबाट फोन गरेर आदित्य सहित परिवारलाई वालुवाटारमा झिकाइयो । 


आदित्यको परिवारलाई खवर गरेपछि प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ अन्य विषयवस्तुमा छलफल गर्न ब्यस्त भए । केहीबेरपछि आदित्यको परिवार आदित्यलाई लिएर त्यहीँ आइपुगे । आदित्यको परिवारलाई बधाई दिएर सोही अवसरमा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र माओवादी नेता श्रेष्ठले आदित्यलाई काखमा लिएर फोटोसेसन समेत गरे । चक्रपथका अनुसार   फोटो सेसन गर्दा अध्यक्ष प्रचण्डले आदित्यको पूर्खाबारे पनि सोधखोज गरेका थिए । ‘तपाईंहरु कहाँको दाहाल हो ? हाम्रो पुस्तामा कति टाढा त्यहीबाट थाहा हुन्छ’ आफ्ना पूर्खाहरुवारे जिज्ञासा राख्दै प्रचण्डले भनेका थिए ।
सोही दिन भएको आग्रह अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकबाट प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरे । तर, निर्णय गर्दा माओवादी कांग्रेस गठबन्धनको तयार भइसकेको थियो । अनि कांग्रेस माओवादीका नेताहरु आदित्य प्रतिष्ठानलाई दिएको रकमका विषयमा प्रधानमन्त्री ओलीको तिब्र विरोधमा सक्रिय भए ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक