20160717

“मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मार्‍यो, काँग्रेसले श्रीमान्, तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्युपश्चात् निस्कन्छु ।”

न्याय हराएको देश नेपालमा यस्तो पनि हुन्छ !!
न्यायकैलागि पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारी अझै पनि न्याय पाउने आशामा छिन् । अठारौँ अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनशनरत गङ्गामायाले वीर अस्पतालको आफ्नो ७ नम्बरको क्याविनबाट आफू न्यायको आशामा अझै रहेको बताइन् । विसं २०६१ जेठ २४ गते तत्कालीन नेकपा (माओवादी)ले आफ्नो कान्छो छोरो कृष्णप्रसादलाई अपहरण गरी हत्या गरेपछि पाँच वर्षअघिदेखि पिता नन्दप्रसाद र आमा गङ्गामाया
अधिकारीले अनशन सुरु गरेका थिए । अनशन सुरु गरेको ३३३ दिनमा नन्दप्रसादको निधन भएपछि गङ्गामायाले एक्लै न्याय खोज्दै अनशनलाई निरन्तरता दिइरहेकी छन् । गङ्गामायाले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अहिले पनि दाहसंस्कार गर्न सकिएको छैन ।
उनि भन्छिन्, “मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मार्‍यो, काँग्रेसले श्रीमान्, तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्युपश्चात् निस्कन्छु ।” कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एनेकपा (माओवादी) नेताको विरोध र धम्कीका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । - रासस 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक