
डा.केसीले चिकित्सा क्षेत्रको सुधार तथा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई
महाअभियोग लगाउनुपर्ने मुख्य माग अघि सारेका छन् । निस्वार्थ भावनाले चिकित्सा क्षेत्र
सुधारका लागि पटक–पटक अनसन बसेका डा.केसीको समर्थनका लागि स्वतस्फुर्त
रुपमा प्रदर्शन आयोजना गरिएको अगुवा शिवप्रकाशले बताए । ‘यो प्रदर्शन कोही कसैको विरोधमा नभई
नियम, कानून, विधि, विधानको पालना र डा.केसीका जायज मागको समर्थन गर्न
आयोजना गरिएको हो’ लेखक समेत रहेका शिवप्रकाशले भने ।
प्रदर्शनका क्रममा शिवप्रकाश र पुराना
पत्रकार रमेश शर्माले डा.केसीको सत्याग्रही आन्दोलन र यसको उदेश्यबारे
संक्षिप्त भनाई राखेका थिए । डा.केसीको समर्थनमा आयोजित उक्त प्रदर्शनमा यूएस–नेपाल रिसर्च सेन्टरले ऐक्यवद्धता जनाएको थियो ।
photos by : Bimal Nepal, Dinesh Karki, Shiva Prakash
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक