20160717

SSP सर्बेन्द्र खनाललाई अमेरिकाको राजधानी वाशिङटन डिसीमा नेपाली समुदायका तर्फबाट सम्मान

* दोशी कसैले पनि छुट पाउने छैनन, कानुन को कठघरामा ल्याएरै छाड्छु - SSP सर्बेन्द्र खनाल
नेपाल प्रहरीका एक जना वास्तविक हिरो प्रहरी वरिष्ठ उपरिक्षक अर्थात SSP सर्बेन्द्र खनाललाई अमेरिकाको राजधानी वाशिङटन डिसीमा नेपाली समुदायका तर्फबाट सम्मान गरियो । युनाइटेड नेपालका तर्फबाट अध्यक्ष एबम चलचित्र नायक किरण प्रताप केसीले SSP खनाललाई सम्मान गर्दै मायाको चिनो प्रदान गर्नुभयो भने भिन्तुना इन्टरनेशनल र सगरमाथा टेलिभिजनका तर्फबाट संचालक रामचन्द्र खरेलले SSP खनाल लाई सम्मान गर्नुभएको थियो । त्यसैगरि र का तर्फबाट अध्यक्ष रामप्रसाद खनालले पनि वहाँ लाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा भाबुक बनेर बोल्न शुरु गरेका SSP सर्बेन्द्र खनालले आफुले नेपाल प्रहरीको एउटा अशल सिपाही भएर काम गर्दा धाक धम्की मात्र होइन सम्मान पनि पाइरहेको बताउँदै गलत गर्ने जो सुकै किन नहोस आफुले कानुन नियमको परिधि भित्र रहेर बाँकी नराख्ने र जस्तो सुकै परिस्थितीको सामना गर्न आफु तयार रहेको बताउनुभयो । अमेरिकाको डिसीमा आफुले पाएको यो सम्मानले बिशेष अर्थ राख्ने बताउँदै आफुलाइ यो सम्मानले
झनै जिम्मेवार बनाउने बताउनुभयो ।
गुण्डाहरु, तस्करहरु, नक्कली प्रमाणपत्रधारी डाक्टर देखि कर्मचारी र स्वयम प्रहरीमै पनि नक्कली प्रमाणपत्राधारीहरुको अपरेशन गरिरहेका सर्बेन्द्रले भने दोशी कसैले पनि छुट पाउने छैनन, कानुन को कठघरामा ल्याएरै छाड्छु । सर्बोच्च अदालतले सर्बस्व सहित जन्म कैद फैसला सुनाएका र फरार भनिएका माओवादी "हत्यारा" बालकृष्ण ढुँगेललाई प्रहरीले किन नसमाएको भन्ने बिभिन्न ब्यक्तिले गरेका प्रश्नको उत्तरमा खनालले भन्नुभयो - अपराधी ढिलो चाँडो पक्राउ पर्छन, कहिले काही फरार भै दिंदा देश बाहिर रहिदिँदा प्रहरिलाई समस्या पर्छ तर प्रहरीले ढिलो चाँडो जो सुकै किन नहोस पक्राउ गरेरै नियम कानुन अनुसार कार्वाही गरेरै छाड्ने छ ढुक्क हुनुहोस । SSP खनालले अन्य बिबिध प्रश्न को पनि उत्तर दिनुभएको थियो ।
युनाइटेड नेपालका अध्यक्ष किरण प्रताप केसी, र सगरमाथा टिभीका संस्थापक राम चन्द्र खरेलले मन्तब्य ब्यक्त गर्दै  सर्बेन्द्र खनाल जस्ता नेपाल प्रहरीका अशल अफिसरहरुले गर्दा जनतामा आशा पलाएको बताउँदै गुण्डा डनहरु को निन्द्रा हराम भैरहेकोमा प्रशँसा गर्नुभयो ।
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका अन्तरराष्ट्रिय र नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले आफुले बन्धु र साथीको रुपमा त छँदै छ त्यो भन्दा पनि एउटा नेपाली भएर, पत्रकारको रुपमा, समाजको अशल नागरिक को रुपमा पनि SSP सर्बेन्द्रलाई धेरै पहिले देखि उनका कदम मा साथ दिँदै आएको र उनी जस्ता काबिल सर्बेन्द्रहरु प्रहरी, प्रशासन, समाज, राजनीति जता पनि आबस्यक रहेको बताउँदै उनका जनप्रिय कामले आफु सधैं गौरवान्वित भएको बताउनु भयो । वहाँले सर्बेन्द्र जस्ता अशल प्रहरी अधिकारीहरुलाइ हर तरहले आफुहरुले सघाइरहने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।           

मँचका केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपाल, सिपिए, अमेरिकि राजनीतिकर्मी एबम समाजसेबि हरि शर्माले पनि SSP सर्बेन्द्र खनालका बारेमा आफ्ना मन्तब्य राख्नुभएको उक्त कार्यक्रम अनेसास वाअशिङटन डिसी मेट्रो कमिटीका सचिब परशु तिमल्सेनाले सन्चालन गर्नुभएको थियो । 




 












                                                  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक