20161228

म जिउँदैमा मर्दैछु !

त्यो पुरानो युगमा पनि
हिम्मत गरेर, शाहस गरेर
जिउ ज्यानको बाजी लगाएर
बाइसे चौबिसे राज्य एकिकरण गर्ने
एउटा सिँगो नेपाल निर्माण गर्ने
राष्ट्र निर्माता पृथ्वीनारायण शाह
हेर्दा हेर्दै "हत्यारा" भनाइदैछन !
एउटा सिँगो नेपाल फेरि
टुक्र्याएर बाइसे चौबिसे बनाइदैछन !!
हत्याराहरु क्रान्तिकारी र महान भनाइदैछन !
पृथ्वीनारायणका शालिकहरु तोडफोड गर्दै
"अग्रगामी" हरुद्वारा अपाङ्ग बनाइदैछन !
सिँहदरवार अगाडी तिनै अग्रगामीहरुले
पृथ्वीनारायण शाहको शालिक तोडेछन
गोरखामा त झन पुरै शालिक नै गोडेछन
यो र यस्तै यस्तै देख्दै गर्दा
मन भरी कौतुहलता जागेर आयो
प्रश्नै प्रश्नले मन कटक्क खायो !
निधारमा हात राखेर शोक मग्न मुद्रामा बसेको

एउटा निर्जिब प्राणी सरहको मान्छे म
आफैले अाफैलाई सोधेँ
१२ बुँदे दिल्ली सम्झौताले मुलुकले खोइ के पायो ??
मनबाटै उत्तर आयो
देश र जनताले पाउनु सम्म परिवर्तन पायो !
केही राक्षसीहरु मान्छे बन्न खोजेको नाटक गरे
जनता र देशको दोहन गरेर मज्जाले पेट भरे
मान्छे जस्तै देखिने ति कुमान्छेहरु
हेर्दा हेर्दै गर्नु सम्म गरे
झुन्डिनुपर्नेहरु उल्टै माथि पो परे !
माथि पर्नु पर्नेहरु झन झन ओरालो झरे !
उल्टो आत्मसमर्पण पो गरे !
"हिजडाहरु" र "जिउँदा मूर्कट्टाहरु" मात्र देखेर होला
उनिहरु मर्द बनेर गर्नु गरे
सानो देश, सुन्दर देश भताभुंग पारे
जातजाती लडाए, भाषाभासी लडाए
मधेश र पहाड भन्दै लडाए
पढाउनु पर्ने कुरा होइन
नपढाउनुपर्ने कुरा पढाए
धर्म सम्प्रदाय सबै भँडाउनु भँडाए
आज पारीको आदेश चल्छ देशमा
सिंहदरवार होइन लैनचौर बोल्छ देशमा
यो सबै सबै देखेर
पृथ्वीनारायण शाहका
बाँकी रहेका शालिकहरु के सोँच्दा हुन ??
परमधाम पृथ्वीनारायण शाहको
आत्मा कती भड्किँदो हो ??
मनभरी यस्तै यस्तै कुरा खेलेर आयो
पृथ्वीनारायण शाह तिम्रो खेती
खोइ कस्ले खायो खायो !!
म रनभुल्ल छु पृथ्वीनारायण
लाटो कोसेरो जस्तै
दिउँसै वाल्ल परेर हेर्दैछु !
वाक्य नबोल्ने लाटो जस्तै
मात्र ट्वाल्ल परेर हेर्दैछु ।
हेर्दा हेर्दै म
मेरै मुलुकमा जिउँदैमा मर्दैछु
म जिउँदैमा मर्दैछु !
- रामप्रसाद खनाल


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक