20161203

वाशिङ्टन डिसीमा आयोजित बिशेष साहित्यिक कार्यक्रम सहितको बिमोचन, सम्मान र देबकोटा जयन्ती यसरी सम्पन्न भयो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले अमेरिकामा ५ वटा साहित्यिक कृतिको बिमोचन, साहित्यिक कार्यक्रम र सम्मान कार्यक्रम सहित यसरी सम्पन्न गर्‍यो देबकोटा जयन्ती ।

वाशिङ्टन डिसीमा शुरु भैसकेको जाडो छिचोल्दै आयोजित बिशेष साहित्यिक कार्यक्रम सहितको बिमोचन, सम्मान र ढिलै भए पनि देबकोटा जयन्ती पनि । अध्यक्ष रामप्रसाद खनालको सभापतित्व, प्रा. डा. सुस्मा आचार्यको प्रमुख आतिथ्य, केन्द्रिय उपाध्यक्ष प्रकाश नेपाल र मेट्रो महा सचिब राम अधिकारीको सन्चालन, सदस्य रबीन्द्र श्रेष्ठको स्वागत भासण, कवी कवयित्रीहरुका कविता बाचन, अतिथिहरु सीमा बिद, विद्वान
ब्यक्तित्व बुद्धिनारायण श्रेष्ठको जँगे बुद्धे, अग्रज साहित्यकारहरु होमनाथ सुबेदीको बारेमा प्रा राजेन्द्र सुबेदीद्वारा लिखित श्रस्टा होम - द्रस्टा अनेक, डा. कल्पना सत्यालको The Willow Tree ,  समालोचन ब्रित्तमा खेमनाथ दाहाल, साँस्कृतिक अध्ययन र नेपाली साहित्य गरी पाँच कृतिको अध्यक्ष खनाल, प्रमुख अतिथि आचार्य सहित अग्रज साहित्यकारहरु होमनाथ सुबेदी, खेमनाथ दाहाल, कबिता लामा, बिन्ध्या सुब्बाले सामुहिक रुपमा  बिमोचन गर्नुभयो । समीक्षा र मन्तब्य पनि । नेपाली पाठशालामा अध्ययन गर्ने बाल बालिकाका मन्तब्य र कविता पनि । कार्यक्रम रोचक थियो त्यसमाथि भूप नारायण घर्ति मगर, नीरा शर्मा, कल्पना सुबेदी, प्रेम संग्रौला, परशु तिम्सिना, होमनाथ सुबेदी, प्रा डा सुस्मा आचार्य, शरद निरौला, प्रकाश नेपाल, रामप्रसाद खनाल, कबिता लामा, बिन्ध्या सुब्बा, खेमनाथ दाहाल, रबीन्द्र श्रेष्ठ, निलकण्ठ सुबेदी, मन थापा मगर, बर्षा पराजुली, प्रज्ञप्ती चापागाइ, क्रिसा पराजुली, स्वेच्छा नेपाल, लेखनाथ भण्डारीका कविताहरुले माहोल तातिरहेको थियो । अतिथि प्रा. सोमनाथ घिमिरेको मन्तब्य, नरेन्द्र कटुवाल, बिष्णु खरेल आदिको मन्तब्य सहितको कार्यक्रम थियो यो ।
यसै कार्यक्रममा अमेरिकाबासी नेपालीकातर्फबाट नेपाली साहित्य, भाषा, संस्कृतीको क्षेत्रमा योगदान पुर्याए बापत अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटिका तर्फबाट प्रा. डा. सुस्मा आचार्य, डा. कविता लामा, बिन्ध्या सुब्बा, बुद्धिनारायण श्रेष्ठ, सोमनाथ घिमिरेलाई अध्यक्ष रामप्रसाद खनाल, संस्थापक अध्यक्ष होमनाथ सुबेदी, केन्द्रिय उपाध्यक्ष प्रकाश नेपाल, प्रमुख अतिथि र अतिथिहरुबाट सम्मान गरियो । कार्यक्रमका तस्बीरहरु आफै यसरी समाचार बोल्छन :






















































































             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक