20161204

"जिउँदा मान्छे हौं" भन्ने कोही बाँकी छौं र हामी ??

"जिउँदा मान्छे हौं" भन्ने कोही बाँकी छौं र हामी ?? माओवादीलाई, प्रचण्ड बाबुरामहरुलाई कसले जन्मायो ? कसले हुर्कायो ? हात हतियार कसले दियो ? तालिम शिबिर कसले दियो ? सत्र हजार मान्छेको लाश बिछ्याउन कसले लगायो ? प्रचण्ड भन्ने मान्छे नै छैन, प्रचण्ड भनेको नै दरवार हो, प्रचण्ड भनेकोनै ज्ञानेन्द्र हो भनेर राजदरवार र राजा ज्ञानेन्द्रलाई बदनाम गराउने को हो ? २०६२ / २०६३ को आन्दोलन भड्काउने को हो ? दिल्लीमा लगेर १२ बुँदे गराउने को हो ? भारतका बिरुद्ध कुनै कदम चाल्ने छैनौं भनेर लिखितम गराएर र प्रचण्ड बाबुराम सँग एमाले काङ्रेस लाई दिल्लीमा थाङ्नामा सुताउने, जे भन्यो त्यही मान्ने कागजमा सही गरेर, जिउ हजुर बनाएर मुताउने को हो ? मधेशी उछाल्ने को हो ? जातजातिका नाममा साम्प्रदायिकता भड्काउने को हो ? शेर बहादुर र प्रचण्डको अहिलेको समिकरण बनाइदिने र केपी ओलीसँगको उनको समिकरण भत्काइदिने को हो ? समग्रमा नेपालका हरेक राजनीतिक निर्णयमा लैनचौरबाट खलनायकको भूमिका खेल्ने र नारायणहिटी राजदरवारलाई सङ्रालय बनाएर त्यहाको पावर दिल्ली पुर्याउने को हो ? ? अनी यो सबै सबै गराउने, नेपाली नेपाली भिडाउने को गुलामी गर्ने, दिल्ली भन्दा खुत्रुक्कै मर्ने को हो ? दिल्लीको कलो खाने र हरकुरामा दिल्ली सोध्न जाने को हो ?? आफैले आफैलाइ सोध त यदी जिउँदा मान्छे हौं भन्ने कोही छौ भने ! कति जना बाँकी छौ बिक्न ?? बिगतबाट किन खोज्दैनौ सिक्न ?? अब मात्र बाँकी छ तिम्रा अँगरक्षकले तिम्लाई सिध्याउने पेस्तोल झिक्न !! सम्बन्धितहरुलाई चेतना भया !!!
************
 सुन्दर शान्त नेपाल चिर्दै प्रदेश प्रदेश बनाउने रे 
भारतीय हिन्दी भाषा राष्ट्र भाषा भनाउने रे !
 धर्म खाए, सबै खाए, जनशक्ती बिदेश लाए 
सबै दिए जनताले, खोइत उनले के नै पाए ?? 
नेपाल भन्ने कोही छैनन, न नेपाली देख्छु मैले ! 
भाँडिएको देख्छु अनी मनका पिँडा लेख्छु मैले !!
- रामप्रसाद खनाल  
प्रोफेसर डा. उपेन्द्र देबकोटाको अर्को एउटा हेर्नै पर्ने, सुन्नै पर्ने संबिधान र समसामयिक राजनीतिको चिरफार आफ्ना दासहरुलाई संविधान संशोधन महत्वपूर्ण कदम भएकाले यो पारित भए मात्र नेपाल अघि बढ्ने जनाउँदै संशोधनका पक्षमा उभिन भारतीय दूतावासको आग्रह नामको निर्देशन !

प्रधानमन्त्री पुष्पकमल दाहाल र देउवा–दाहाल गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्तावको जनस्तरबाट ब्यापक विरोध भएपछि भारतीय दूतावासले विज्ञप्ति नै जारी गरेर संविधान संशोधन प्रस्ताव पारित
गर्न आव्हान गरेको छ । संविधान संशोधन महत्वपूर्ण कदम भएकाले यो पारित भए मात्र नेपाल अघि बढ्ने जनाउँदै संशोधनका पक्षमा उभिन भारतीय दूतावासले आग्रह गरेको छ । आइतबार दूतावासका तर्फबाट
विज्ञप्ति जारी गर्दै भारत नेपालको राजनीतिक प्रक्रियाको सहयोगी रहंदै आएको र विगतमा पनि शान्ति प्रक्रियामा सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ । संविधान संशोधन प्रक्रिया नेपालको आन्तरिक मामिला भएको र त्यसप्रति भारतको अनावश्यक चासो देखाएकोप्रति विरोध भइरहेका बेला भारतीय दूतावासले औपचारिक रुपमा विज्ञप्ति जारी गरेरै संविधान संशोधनको सबैभन्दा महत्वपूर्ण पक्ष भारत रहेको जानकारी गराएको हो । ‘अहिले सरकारले अगाडि सारेको संविधान संशोधन महत्वपूर्ण कदम हो, त्यसप्रति भारत समर्थन गर्छ’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन गरे मात्रै समस्या समाधान गरी अघि बढ्न सक्नेछ ।’ भारतीय दूतावासको विज्ञप्तिले पनि वर्तमान सरकारले कसका लागि संविधान संशोधन गर्न लागेको भन्ने जनस्तरबाट उठाइएको प्रश्नको जवाफ दिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक