20161206

प्रचण्डहरूबाट मेरो देश नेपाल जोगाइपाऊँ !

– देवप्रकाश त्रिपाठी

प्रचण्ड र प्रचण्डहरूले विगत दुई दशकभित्र जे गरे त्यो होस भएको या नेपालप्रति एक प्रतिशत मात्र ममता र जिम्मेवारीबोध भएका मानिसबाट सम्भव छैन । दानवी कुलका मानिने विभीषणबाट समेत हुन नसकेको काम प्रचण्ड र प्रचण्डहरूबाट भइरहेको छ । नेपाल बाँचेछ भने प्रचण्डले यसखाले अपराधमा कसरी क्षमा पाउन सक्लान्, एक गम्भीर प्रश्न उब्जिएको छ । सङ्घीयता र सीमाङ्कनका नाममा प्रचण्ड पछिल्लो समयमा जे गर्दै छन् यसले उनीभित्र महाभारतका सकुनीको झैँ नेपाल र नेपालीविरुद्ध बदलाको भावना प्रगाढ रहेको देखाउँछ ।
धर्मशास्त्रमा दानवहरूको चित्रण जसरी गरिएको हुन्छ, यदि पापशास्त्र लेखिएको भए तिनका महिमा बेग्लै प्रकारले वर्णित हुन सक्थ्यो । पशुमा हुने सबै प्रकारका गुण, चरित्र र क्षमता रहने भए पनि मूलतः राक्षस, देवता र नरः गरी तीन श्रेणीमा मानिसलाई वर्गीकृत गर्ने गरिन्छ । धर्मशास्त्रमा राक्षस अर्थात् दानव विशेषण पाउनेहरू देवतामा रूपान्तरित हुन नसकेर दानव बनेका हुन् या मानवत्व र देवत्वभन्दा दानवत्वप्रतिको गौरवले उनीहरू दानव बन्न अभिपे्ररित भएका हुन् भन्ने विषय अध्ययन–अनुसन्धानको दायरामा पर्न सक्छ । आफूलाई अनन्त कालसम्म पापी, हिंस्रक, अन्यायी, अत्याचारी, देहसुखको दासका रूपमा सबैले चिनुन् भन्ने उद्देश्य ती दानव भनिने मानवहरूको अवश्य नहुँदो हो । आफूहरूबाट अधर्मी, अन्यायी र पापमुखी कर्म हुँदै छ या भइरहेछ भन्ने ज्ञान–चेत भइदिएका भए पनि सायद उनीहरू बदलिन सक्दा हुन् भन्ने लाग्दछ । तर, सोच, संस्कार, कर्म र दम्भले मानिसलाई दानव बनाउँदै लैजान्छ र समयाक्रममा दानवतामाथि नै तिनले गौरव महसुस गर्दा रहेछन् भन्ने तथ्यको पुष्टि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उर्फ छविलाल उर्फ पुष्पकमल दाहालले गरेका छन् । गल्ती नै नगर्नेहरू देवता हुन्, गल्ती गरे पनि त्यसलाई स्वीकार गरी सच्याउन खोज्नेहरू मानव हुन् भने गल्ती गर्दै जाने, त्यसलाई स्वीकार गर्न र सुधार गर्न नचाहने, बरु अहङ्कार गर्ने अधमहरूचाहिँ दानव हुन् । दानवको राजमा धर्म, संस्कृति, परम्परा, सामाजिक सद्भाव, सामाजिक मूल्य–मान्यता, अनुशासन र सभ्यता भङ्ग हुन्छ । कानुनी राज र सुशासनलाई अराजकता र शासकको अहङ्कारले सधैँ चुनौती दिइरहेको हुन्छ, शास्त्रमा
लेखिएका यिनै व्यवहार हामीले यो कालखण्डमा भोगिरहेका छौँ र यस कालखण्डको नेतृत्व प्रचण्डले गरेका छन् ।
चीनमा माओ त्से तुङले गरेजस्तै सशस्त्र सङ्घर्ष गर्ने र कम्युनिस्ट पार्टीको नेतृत्वमा एकदलीय अधिनायकवादी (जनवादी) राज्यसत्ता स्थापना गर्ने भनी प्रचण्डले आफ्नो नेतृत्वमा कथित जनयुद्ध सुरु गरेका थिए । हाल लोकतन्त्र भन्ने गरिएको प्रजातन्त्रलाई विस्थापित गर्न रचिएको हिंसात्मक सङ्घर्षका क्रममा हजारौँ प्रजातन्त्रपे्रमी निर्दोष मानिस कोही काङ्गे्रसका नाममा त कोही राप्रपा र एमालेका नाममा काटिए, हजारौँ कलिला नानी टुहुरा बनाइए, हजारौँ नारीको सिन्दुर लुटियो, लाखौँ जनता आफ्नै मुलुकभित्र शरणार्थी जीवन बिताउन विवश भए । देश र जनताको नाम जपेर यिनीहरू कहिल्यै थाक्दैनथे, त्यसैले हामीलाई प्रचण्डहरू ‘कम्युनिस्ट क्रान्तिकारी’ रहेछन् भन्ने लागिरह्यो । सिद्धान्त र विचारका दृष्टिले गलत भए पनि यी विभीषणपुत्र गद्धार हुन सक्छन् भन्ने त्यसबेला सोचिएन । माओकालीन जनवादी राज्यसत्ताकै निम्ति प्रचण्डहरू लडेका हुन्, जो–जसलाई धोखाधडी र छलछाम गरे पनि यिनले देशलाई चाहिँ धोखा दिने छैनन् भन्ने त्यसबेला धेरैले ठानेका थिए । त्यसैले हजारौँ निर्दोष मानिस मार्ने असाध्य पाप गरेका भए पनि प्रचण्ड र प्रचण्डहरूलाई नेपाली जनताले क्षमा दिए, क्षमा मात्र होइन मत पनि दिएका हुन् । तर, प्रचण्डको नकाव उत्रिँदा उनी विभीषणले समेत लज्जाबोध गर्ने स्तरको एक देशद्रोही गद्दार ठहरिन पुगेका छन् ।
सिद्धान्त र विचारका दृष्टिले गलत भए पनि यी विभीषणपुत्र गद्धार हुन सक्छन् भन्ने त्यसबेला सोचिएन । माओकालीन जनवादी राज्यसत्ताकै निम्ति प्रचण्डहरू लडेका हुन्, जो–जसलाई धोखाधडी र छलछाम गरे पनि यिनले देशलाई चाहिँ धोखा दिने छैनन् भन्ने त्यसबेला धेरैले ठानेका थिए । त्यसैले हजारौँ निर्दोष मानिस मार्ने असाध्य पाप गरेका भए पनि प्रचण्ड र प्रचण्डहरूलाई नेपाली जनताले क्षमा दिए, क्षमा मात्र होइन मत पनि दिएका हुन् । तर, प्रचण्डको नकाव उत्रिँदा उनी विभीषणले समेत लज्जाबोध गर्ने स्तरको एक देशद्रोही गद्दार ठहरिन पुगेका छन् ।
राजतन्त्र कालमा पञ्च, काङ्गे्रस र एमालेलगायतले जे–जति बिगार गरेका थिए, त्यसको सुधारमा मात्र केन्द्रित भइदिएको भए सम्भवतः नेपाली जनताले प्रचण्डहरूबाट भए–गरेका बर्बादी भुल्न सक्थे र तिनलाई क्षमा दिन पनि सक्थे । देशको प्रधानमन्त्री बन्न चुनावी मार्गबाट कठिन देखिएपछि हिंसात्मक सङ्घर्षको सहारा लिनु आफैँमा एक घातकर्म थियो । जनतालाई विश्वासमा लिएर सत्ताको मालिक बन्न पाउने वैधानिक व्यवस्था हुँदाहुँदै रंगनाथ पौडेलले समेत पड्काएको प्रधानमन्त्री पद पाउन प्रचण्डहरूले हिंसात्मक कर्म जुन गरे त्यो अक्षम्य थियो । हिंसात्मक सङ्घर्षका क्रममा मठ–मन्दिर भत्काउने, राष्ट्रिय जनावरको रूपमा रहेका लक्ष्मीरूपी गाईको बध गर्ने, जातीय विद्वेष पैदा गर्ने, क्षेत्रीयतावादी सोचलाई मलजल गर्ने र समग्रमा नेपालीबीचको एकतालाई जगैदेखि भत्काउने जुन काम प्रचण्डहरूले गरे यी पनि क्षम्य कर्म थिएनन् । नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता गरी गिरिजाप्रसाद कोइरालाहरूको बुई चढेर काठमाडौं भित्रिएका उनीहरूले कथित आन्दोलन ‘सफल’ हुनेबित्तिकै पोखराको पृथ्वीचोकमा उभिएको राष्ट्रिय एकीकरण अभियानका मूल नायक पृथ्वीनारायण शाहको सालिक ढाले । त्यतिबेला उक्त सालिक ढाल्दा क्षणिक आवेगको परिणामका रूपमा लिइएको थियो, तर त्यो क्षणिक आवेग नभई नेपाली राष्ट्रियता र राष्ट्र विघटन निमित्तको नियोजित पाइला रहेछ भन्ने अब स्पष्ट हुँदै छ । संसारमै सबभन्दा क्रूर, हिंस्रक, दानवी र पापी मानिएका चङ्गेज खाँलाई मङ्गोलिया एकीकरणको अगुवाइ गरेकोमा करिब एक हजार वर्षपछि राष्ट्रिय विभूतिको दर्जा दिएर सम्मान गर्दै गर्दा यता नेपालमा चाहिँ पृथ्वीनारायण शाहको सालिक ढालिँदै थियो । पृथ्वीनारायणपछि क्रमशः अन्य राजा–महाराजाका सालिक पनि ढालिए । नेपालगञ्ज, बुटवल, महेन्द्रनगर, जनकपुर, वीरगञ्ज, बनेपा, विराटनगर, काठमाडौंको कालिमाटी र हेटौँडालगायतका सहरमा जहाँ राजाका सालिक थिए ती सबै ढालिए । मानिसमा उत्पन्न क्षणिक आवेग मात्र त्यो थियो भने ढाल्ने क्रमको अन्त्य त्यहीँ हुनुपदथ्र्यो, तर भएन । सालिकहरू ढालिएको केही समयपछि नारायणहिटी राजदरबारबाट राजालाई धपाइयो र गणतन्त्र स्थापना भएको घोषणा गरियो, क्षेत्रीयतावादीहरूलाई अलग्गै राज्य स्थापना गर्नका निम्ति प्रोत्साहन गरियो र सिरहा, सप्तरीतिर सङ्घर्ष रचियो । हिन्दूराष्ट्रको पहिचान मेटेर नेपालीबीच कायम एकताको एउटा प्रभावकारी सूत्र चँुडाइयो र धर्मनिरपेक्ष मुलुक बनाइयो ।
राष्ट्रिय राजनीतिक दलहरूलाई कमजोर र सङ्कुचित तुल्याइयो, जातीय र क्षेत्रीयतावादीहरूलाई उत्साहित र प्रोत्साहित गरियो । राष्ट्रिय एकताको अर्को सूत्र भाषा (नेपाली) माथि पनि गम्भीर प्रहार भयो, हुँदै छ । नेपाली राष्ट्रियताको एउटा मजबुत आधारको रूपमा रहेको नेपाली सेनालाई ‘बलात्कारी’को संज्ञा मात्र दिइएन, त्यसलाई रुग्ण र कमजोर तुल्याउन सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरियो– गरिँदै छ । समाजबाट सभ्यता, सुसंस्कार र अनुशासन विस्थापित गरिएको छ, जङ्गली सोच, व्यवहार र संस्कार भिœयाएर शान्त नेपाली समाजलाई अस्तव्यस्त सन्त्रस्त्र पारिएको छ । देशको भौतिक सम्पत्ति र ऐतिहासिक सम्पदाहरू क्रान्तिका नाममा नष्ट गरिएका छन्, खर्बौंको क्षति देशले कथित जनयुद्धका नाममा व्यहोर्नुप¥यो । देशलाई तहसनहस पार्नेहरू नै राज्यसत्ताको मालिक बनेको हामीले टुलुटुलु हेरिरहनुपरेको छ र तिनका सेनामेनालाई राज्यकोषबाट खर्बौं रुपैयाँ ‘क्षतिपूर्ति’स्वरूप दिइँदा पनि हामीले चुपचाप सहनुपरेको छ । माओवादी हिंसात्मक सङ्घर्ष सुरु गर्नुुुुअघि ७.२ प्रतिशतसम्म पुगेको आर्थिक विकास दर अहिले प्रचण्डले ‘नयाँ नेपाल बनाउने सुर गरेपछि’ शून्य दशमलव आठ (०.०८) मा झरेको छ ।
नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता गरी गिरिजाप्रसाद कोइरालाहरूको बुई चढेर काठमाडौं भित्रिएका उनीहरूले कथित आन्दोलन ‘सफल’ हुनेबित्तिकै पोखराको पृथ्वीचोकमा उभिएको राष्ट्रिय एकीकरण अभियानका मूल नायक पृथ्वीनारायण शाहको सालिक ढाले । त्यतिबेला उक्त सालिक ढाल्दा क्षणिक आवेगको परिणामका रूपमा लिइएको थियो, तर त्यो क्षणिक आवेग नभई नेपाली राष्ट्रियता र राष्ट्र विघटन निमित्तको नियोजित पाइला रहेछ भन्ने अब स्पष्ट हुँदै छ ।
आधुनिक नेपालको निर्माण क्षेत्रीहरूको अगुवाइमा मगर, गुरुङ, तामाङ, लिम्बू, राई, नेवार, थारू, ब्राह्मण, दलित र मधेसवासीहरूको विशेष योगदानबाट भएको हो । तर यो मुलुकको राष्ट्रियता सुदृढ रहिरहनुमा क्षेत्री, ब्राह्मण, दलित, गुरुङ, मगर र नेवारहरूको खास भूमिका छ भन्न हिचकिचाउनु हुँदैन । उल्लिखित ६ वटा जाति देशका सबैजसो भूभागमा छरिएर बसेका छन् र तिनको ‘नेटवर्किङ’ ले राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत बनाउन विशेष सहयोग पु¥याएको छ । प्रचण्डहरू सत्तामा आइसकेपछि नेपाली राष्ट्रिय एकताविरुद्ध एउटा अर्को भयङ्कर षड्यन्त्र रचियो, देशको सबैभन्दा सुखद र आधुनिक जीवनशैली अपनाउने सभ्य नेवारी समुदायलाई जनजातिको कोटिमा राखियो । नेवारहरू आर्य नश्लका हुन् र उनीहरूको धर्म, परम्परा तथा संस्कृति सनातन धर्ममा आधारित छ भन्ने जान्दाजान्दै पनि प्रचण्डहरूले तिनलाई जनजातिको कित्तामा राखिदिए । त्यसपछि जनजाति र मधेसीबीचको एकता कायम गराउन अर्बौंको लगानीसहित निरन्तर प्रयत्न गरियो । मधेसी र जनजातिबीच नश्ल, वर्ण, जात, संस्कार, संस्कृति, भाषा, धर्म, परम्परा, खानपिन, भेषभूषा, रहनसहन, बसोबास र सोच त मिल्दैन नै, तिनका समस्या र समाधानको तरिका पनि समान छैनन् । मधेसी र जनजाति एकताको कपटी नारा क्षेत्री–ब्राह्मणविरुद्धको अभियानका रूपमा अघि सारिएको हो । क्षेत्री–ब्राह्मणलाई एक्ल्याउने र प्रहार गर्ने कपटपूर्ण चालबाजीअनुरूप मधेसी र जनजाति एकताको जाल रचिएको थियो । ज्यादा छरिएर रहेको र चेतनाको स्तर कमजोर हुनाले दलित भनिने समुदायको उपस्थिति प्रभावकारी नभएका कारण तिनलाई स्थानअनुसार उपयोग गर्ने प्रचण्ड नीति नेपाली राष्ट्रियताविरोधीहरूबाट अवलम्बन भएको छ ।
कुनै पनि देशको राष्ट्रियता र राष्ट्रिय एकता सुरक्षित र सुदृढ हुनमा त्यस देशका सबै बासिन्दाको योगदान हुन्छ, तर केहीको योगदान विशेष र विशिष्ट रूपमा रहेको हुन्छ । अफगानिस्तान भन्नेबित्तिकै त्यो पस्तुनहरूको देश हो भनेर बुझिन्छ । बैसठ्ठी (६२) प्रतिशत पस्तुन रहेको अफगानिस्तानमा उनीहरूलाई किनारा लगाउन अल्पसङ्ख्यक समुदायलाई एकीकृत र प्रोत्साहित गरियो । अल्पसङ्ख्यकलाई अघि सारेर बहुसङ्ख्यकविरुद्ध छली अभियान सुरु गरिएकै कारण त्यहाँ तालिवानीहरूको जन्म भएको छ, नेपाल राज्य विघटनका निम्ति यहाँ पनि बहुसङ्ख्यकविरुद्ध अल्पसङ्ख्यकहरूलाई मोर्चाबद्ध गर्ने र उचाल्ने काम नियोजित ढङ्गले हुँदै छ, भइरहेको छ र यस्तो षड्यन्त्रमूलक अभियानको सिखण्डी ‘जनवादी क्रान्तिका नायक’ प्रचण्डलाई नै बनाइएको छ । प्रचण्ड र प्रचण्डहरूले विगत दुई दशकभित्र जे गरे त्यो होस भएको या नेपालप्रति एक प्रतिशत मात्र ममता र जिम्मेवारीबोध भएका मानिसबाट सम्भव छैन । दानवी कुलका मानिने विभीषणबाट समेत हुन नसकेको काम प्रचण्ड र प्रचण्डहरूबाट भइरहेको छ । नेपाल बाँचेछ भने प्रचण्डले यसखाले अपराधमा कसरी क्षमा पाउन सक्लान्, एक गम्भीर प्रश्न उब्जिएको छ ।
सङ्घीयता र सीमाङ्कनका नाममा प्रचण्ड पछिल्लो समयमा जे गर्दै छन् यसले उनीभित्र महाभारतका सकुनीको झैँ नेपाल र नेपालीविरुद्ध बदलाको भावना प्रगाढ रहेको देखाउँछ । पृथ्वीनारायण शाहको सालिक ढालेर सुरु गरिएको देशविरोधी अभियानलाई विधिवत् र संस्थागत तुल्याउने काम प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेर गर्दै छन् । नेपालबाट तराईलाई छुट्याउने अभिप्रायका साथ कम्युनिस्टका नाममा प्रचण्डले जे गर्दै छन् यसले एमाले मात्र होइन विश्वभरिका कम्युनिस्टहरूलाई लज्जित बनाएको हुनुपर्छ । कम्युनिस्टहरू देशभक्त हुँदैनन् भन्ने सन्देश मात्र प्रचण्डले दिइरहेका छैनन्, चर्को क्रान्तिका गफ दिनेहरू कतिसम्म बेइमान हुनसक्छन् भन्ने दृष्टान्त पनि यिनै प्रचण्डले स्थापित गरेका छन् । नयाँ नेपालको सपना देखाएर नेपाल र नेपालीविरुद्ध यिनले जुन धोखाधडी गरे त्यसका निम्ति प्रचण्ड चरम घृणाका भागीदार छन् भन्न अब पनि हिचकिचाउनेहरूलाई नेपाली भन्न मिल्ने हो कि होइन ? नयाँ नेपालको रूप रामै्रसँग देखियो, प्रचण्डले देखाइदिए, अब पुरानै नेपाल जोगाउनुको विकल्प कम्तीमा नेपालीहरूसँग चाहिँ रहेन । जगत्मा कतै ईश्वर–भगवान्को अस्तित्व छ भने हिमाल, पहाड र तराईसहितको नेपाल जोगाइपाउन बिन्ती गरिन्छ– हे पशुपतिनाथ, प्रचण्ड र प्रचण्डहरूबाट मेरो देश नेपाल जोगाइपाऊँ । - घटना र बिचार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक