20170501

मान या नमान साइँली !

मान या नमान साइँली 
यो लोकतन्त्र होइन "लुटतन्त्र" हो !
अपराधीहरुकै राज र जे गर्न पनि "छुटतन्त्र" हो !
नियम, कानून, संबिधान, नैतिकता सबै बेचेर 
पार्टीका नाममा चलाईएको "गुटतन्त्र" हो
"काले काले मिलेर खाम भाले"
खाने कुरामा नमिले पछी मात्र "फुटतन्त्र" हो !
मान या नमान साइँली
यो त गणतन्त्र होइन "गनतन्त्र" हो !
"शेर" हुँँ भन्ने स्याल र स्यालका छाउराहरुको   
मान्छे जस्तै देखिने कुमान्छे र उसका बाउराहरुको
मात्र "मनतन्त्र" हो !

मान या नमान साइँली 
 यिनीहरुले जे मन लाग्छ त्यो गरे पनि हुन्छ
देशको स्वाभिमान बेच्दै लम्पसार परे पनि हुन्छ !
जनता अन्याय अत्याचार र भ्रस्टाचारले च्याँपिएर
ऐया भन्न नपाई मरे पनि हुन्छ !
जनताको गुहार र बिधिको शासन कल्ले सुन्छ ??
यहाँ यस्तै छ साइँली
चोरलाई चौतारो, साधुलाई सुली !
राक्षसहरु बनेकाछन देश र जनताका मुली !!
तिमी हामीलाई जिउँदा लाश बनाइहाले
चुप चाप बसौं सधैं झुली झुली !
अब यही त भन्नु पर्‍यो होइन र तल्लारे ठुली ??
- रामप्रसाद खनाल 
         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक