20171126

बिजय जुलुशको तयारी - रामप्रसाद खनाल

बिजय जुलुशको तयारीमा लागे हुन्छ अब  
जित्ने तिनै हुन, जिताउनेहरु पनि तिनै हुन 
कोही नयाँ आउने वाला छैनन 
परिवर्तन, बिकास कोही चाहने वाला छैनन 
काङ गठबन्धनले पनि जित्ने छन 
 बाम गठबन्धनले पनि जित्ने छन
शेर बहादुरले पनि जित्ने छन
केपी ओली ले पनि जित्ने छन
छबिलालजीले हार्ने त कुरै भएन
कमल थापा, गच्छेदार र उपेन्द्र यादवहरु पनि
गठबन्धनको बुइ चढेकै छन
प्रत्यक्षमा हारे समानुपातिक ब्यबस्था पढेकै छन
कसैलाई केही फरक पर्ने वाला पनि छैन
कसैले जितेर देशका लागि केही गर्ने वाला पनि छैन
झोले, खोले र नबोलेहरुको देशमा
शेर बहादुरहरु शेर बनिरहने छन
केपी ओलिहरु उखान टुक्का भनिरहने छन
छबिलालहरु अबसरबादका अबसरहरु गनिरहने छन
सोझा साझा जनता बलीका बोका बनिरहनेछन
युवाहरु बिदेशमा चालिस कटेसी रमाउँला भन्दै
आफ्नी प्रियालाई फोन र स्काइपमा सम्झाउँदै
बल बुद्धी बिबेक र बैश गुमाउँदै
रेमिट्यान्सको पैसा देश पठाउँदै नेता घुमाउँदै


कति बन्द बाकसमा फर्किएलान
कति जसो तसो कालको मुखबाट तर्किएलान
बुढेशकालमा रोग शोक बोकेर देश फर्किएलान
बुढा बुढी बाउ आमा छोरा छोरी सम्झिंदै भक्कानिंदै
परलोक भएको खबर सुन्दै
आफु पनि परलोक हुनुछ भोली
त्यसैले किन टाउको दुखाउनु ??
दिल खोलेर भनौं बाम गठबन्धन जिन्दाबाद
अर्का थरिले भनौं काङ गठबन्धन जिन्दाबाद
अझ अर्का थरिले भनौं मधेश जिन्दाबाद
हाम्रा नेताजीहरु जिन्दाबाद
बरु आफ्नो गठबन्धनका नेताहरुलाई लगाइदिन
फुलमाला र अबिर जात्राका लागि तयार हौँ अब
किनकी
 चुनाव को नतिजा आउन शुरु हुँदैछ अब
५१ किलोका माला सहित बिजय जुलुश हुँदैछ अब !
- रामप्रसाद खनाल, November 26, 2017


******************
स्कूल पढाउने शिक्षक 
कलेज पढाउने प्राध्यापक
खुल्लेआम पार्टी राजनीति गर्छन ! 
पढ्ने विद्यार्थी पार्टी राजनीति गर्छन् 
बिरामीको उपचार गर्ने डाक्टर 
पार्टी राजनीति गर्छन
पार्टी र नेताकै भर पर्छन
राष्ट्रसेबक भनिने कर्मचारी
खुल्लेआम पार्टी राजनीति गर्छन
पियन सचिबलाई थर्काउंछन
राजनीतिक स्टाटस र नेताका फोटा राख्दै
सामाजिक संजालहरु भर्छन
कोही बाम गठबन्धन रे !
कोही लोकतान्त्रिक गठबन्धन रे
कोही के रे कोही के रे !
भर्खर नाल झरेका देखी
जोस जाँगर सब मरेका देखी
गर्नु नगर्नु गरेका देखी
सबै सबै
खुल्लेआम पार्टी राजनीति गर्छन
सेना पुलिस अदालत जता ततै
राजनीतिकै जालो
सत्य न्याय धर्म कर्म सब
उहिलेका कुरा खुइलिएर गए !
पार्टीकै झोलेहरु भागबन्डामा
न्यायाधीश पनि भए !
ज्यानमारा अपराधीहरु पालै पालो
मन्त्री प्रधानमन्त्री कुन्नी के के भए
हेर्दा हेर्दै हजुर बा गए
बा गए
बुढापाका सब परलोक भए
लाग्छ मेरो नम्बर
क्युमा लाईसकेको छ
देख्दिन कुनै परिवर्तन
झुट र भ्रममा बाँच्न बानी परेका हामी
फेरी पनि उनिहरुकै अगाडि पछाडि
झोले बन्दै, नेताज्यु महान हुनुहुन्छ भन्दै
दाशताको जँजिरमा बाँधिंदै गरेका हामी
जंजिरमै अल्झिएरै जिबन जाने भो
भ्रस्टाचार अन्याय अत्याचार
अनैतिकताले देश कुर्लुम्मै खाने भो !
- रामप्रसाद खनाल, November 28, 2017



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक