20180215

दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्नु भएकोमा एमाले अध्यक्ष केपी शर्मा ओली लाई हार्दिक बधाई !

दोस्रो पटक नेपालको प्रधानमन्त्री बन्नु भएकोमा एमाले अध्यक्ष केपी शर्मा ओली लाई हार्दिक बधाई ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ,
सत्ता बाहिर बसेर भासण गर्न, उखान टुक्का भन्न जति सजिलो छ सत्तामा पुगे पछी सत्ता सँचालन गर्न त्यत्तिकै कठिन छ त्यो तपाईंले बुझ्नुभएकै कुरा हो । महाकालीमा धेरै पानी बगिसकेको छ । सत्ता बाहिर बसेका बेला मात्र होइन सत्तासीन भए पछी पनि राष्ट्रबादी नै बनेर नेपाली जनताको मन जित्नुहोला ।
मेरो स्वास्थ्य अवस्था अत्यन्त गम्भीर छ, म त कति नै बाँच्दछु र ? तपाईं आफैले सार्वजनिक रुपमा भन्नुभएकै कुरा हो । तपाईंको स्वास्थ्य अवस्था भन्दा देशको अवस्था अझ गम्भीर छ, त्यस माथि तपाईं छबिलाल प्रेसरमा अझ गम्भीर हुनुहुन्छ र छबिलालले कुनै पनि बेला धोका दिन्छन भन्ने कुरा मनन गर्दै चनाखो रहँदै देशको वास्तविक प्रधानमन्त्री बन्ने प्रयास गर्नुहोला नकी देशका खलनायक छबिलालको मात्र । छबिलाल सँगको गठबन्धन अत्यन्त क्षणिक हो र छबिलालले मौका परे एमाले नै कुप्लुक्क पार्न बेर लगाउँदैनन् भन्ने तथ्य बुझ्नुभएकै छ होला । छबिलाल सँग वन टु वन मिटिङ सिटिङ इटिङ गर्दा गर्दै आफ्नै पार्टी एमाले, माधव नेपाल र झलनाथ खनालहरु नभुल्नुहोला । अझ बढी नेपाली जनता सबै र देशलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुहोला । अत्यन्त साबधान रहनुहोला ।
एमाले भित्रका चाकडिवाज, चाटुकार, अबसरबादी र बेडरुममा पुगेर तपाईंसँग पदको बार्गेनिङ गर्ने लाई हेरेर होइन, इमान्दार नेता कार्यकर्ता र जनतालाई हेरेर निर्णय गर्न सक्षम हुनुहोला । गुटबन्दीको नायक भएर होइन समग्र एमालेकै अध्यक्ष र देश र जनताको वास्तविक प्रधानमन्त्री बनेर भएर निर्णय गर्न सक्षम हुनुहोला ।
हामी कोही पनि अजम्बरी छैनौँ ढिलो चाँडो एक दिन सबैले जानै पर्छ । तपाईं जाँदा गिरिजा प्रसादलेझैँ तपाईं सँगै देश र जनताको भबिस्य जाने, चुक्ने र छबिलालको जादुगरिमा झुक्ने अवस्था सिर्जना नहोस भन्ने कुरामा पूर्ण सजकता अपनाउनुहोला ।
अब हामी तपाईंको छुकछुके रेल, मोनो रेल, हावाबाट निस्केको बिजुली, घर घर र चुला चुलामा पुगेको ग्यास लगायतका तपाईंले देखेका सबै सपना बिपनामा हेर्न चाहन्छौँ । जे जे गर्न सकिन्छ गर्नुस् देश र जनताका लागि हामी साथ मा छौं तर तपाईंको कार्यकाल मा ति कुरा पुरा हुन सकेनन भने भाबी सन्ततिले तपाईंको खिल्ली उडाउने र यस्तो बतासे नेता पनि दुई दुई पटक प्रधानमन्त्री भएको थियो नेपाल मा भनेर ईतिहास पढ्नु नपरोस ।
तपाईंको प्रधानमन्त्रीको दोस्रो कार्यकाल सफल बनोस शुभकामना ।  
- www.Nepalmother.com     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक