20180215

हामीले के किन र के का खातिर बडो जोडतोडले उन्मादित बन्दै Happy Valentine's Day भन्दैछौं ??

( रोल्पाली मगर भुप नारायण घर्तिमगर ज्ञान गुनका हिसाबले पण्डित हुन । पण्डित घर्तिमगरको यो समसामयिक लेख एक पटक अबस्य पढ्नुहोला - सम्पादक )      
- भुप नारायण घर्तिमगरको संक्षिप्त आलेख तल प्रस्तुत छ :
तत्कालिन यूरोपमा बिबाह गर्ने सामाजिक चलन थिएन।राज्यले पनि सोही अनुरूपको नीति बनाएको थियो।खासगरि सेनालाई झनै कडाई थियो।बिबाह मात्र होईन जन्मिएका बच्चाहरूलाई पनि राज्यले पालन पोषण गर्ने मान्यता थियो।यसलाई बिस्तृत रूपमा दार्शनिक तवरले ब्याख्या गर्दा पश्चिमी दर्शनका जनक Philosopher Plato (प्लेटो) का विचारहरूलाई चिरफार गर्नु पर्ने हुन्छ। यसो गर्दा लामो होला। उनका प्रशिद्ध कृतिहरू Republic, Laws आदि पढे छर्लङ्गै हुन्छ । ई• सम्वतको तेश्रो सताब्दीमा धर्म गुरू Saint Valentine ले बिबाहको महत्व सम्झाउदै प्रेमी- प्रेमिकाहरूलाई बिबाह गर्न प्रेरित गर्न थाले। भनिन्छ उनि पूर्विय सँस्कृतिबाट प्रेरित तथा प्रभावित थिए। उनको उक्त कार्य राज्यको नीति बिरूद्ध थियो। त्यसैले तत्कालिन शासक Emperor Claudius II लाई चित्त बुझेन। दण्ड स्वरूप Emperor Claudius ले February 14, 269
AD का दिन मृत्युदण्ड दिए। तत्पश्चात उनका अनुयायीहरूले उनको सम्झनामा Valentines Day मनाउन थाले भनिन्छ। अहिले सम्मको उपलब्ध जानकारीहरूले यही भन्छ। घटना क्रमलाई नियाल्दा उनको स्मृतिमा Valentine's Day मनाउनु स्वभाबिक पनि हो पश्चिमी समाजमा। जुन समाजमा बिबाह यानि परिवारको आधार
समाजको स्तम्भ हुदैन थियो। त्यस्तो समाजलाई उनले नयाँ आयाम
दिए। परिवार र प्रेमको अवगत गराए। बिगतलाई हेर्दा पश्चिमी समाजमा खासगरि प्रेमी प्रेमिका मात्रले मनाउने सामाजिक पर्व अचेल सबैले सबैलाई Happy Valentine's Day भन्ने फेसन चलेको छ।
तर Saint Valentine भन्दा पनि अगाडी philosopher Socrates , Philosopher Plato आदि आदिले समाज के कस्तो हुने ? बिबाह गर्न राम्रो या नराम्रो ? बच्चा घरमा बाउ आमाले हुर्काउने या राज्यले बाल गृहमा ? भन्ने बहस गर्नु भन्दा केही सताब्दी अगाडी बुद्धले हामी कहाँ शान्ति र मोक्ष प्राप्तिको सहज मार्ग दिईसकेका थिए। तक्षशिला जस्तो विश्वविद्यालय बनि सकेको थियो। जीवलाई शिव बनाउने, नरलाई नारायण बनाउने बिद्या हाम्रो समाजले पाई सकेको थियो। हजारौं बर्ष अगाडी वेद, उपनिषद, गीता,योग तथा आयुर्वेद जस्ता ग्रन्थ अनि बिद्या हाम्रो समाजमा उपलब्ध थिए। त्यो भन्दा धेरै धेरै अगाडी रामले आदर्श राज्य ब्यबस्था र शासन चलाएर देखाएका थिए।
अब मेरो सवाल,जिज्ञासा अनि अचम्मको कुरा हो--- हामीले के किन र के का खातिर बडो जोडतोडले उन्मादित बन्दै Happy Valentine's Day भन्दै छौं ?????? के र कस्तो बुझेर बाउलाई छोरीले, दाईभाईलाई दिदिबहिनिले, मामालाई भाञ्जिले, माईजुलाई भाञ्जाले Happy Valentine's Day!!!!!!! भनेर बरबाराउदै छौ ?????? बिबाह भएकै उपलक्ष्यमा हो भने पनि हाम्रो दर्शनले कल्पना गरेको बिबाह करार होईन। हामीले बिबाहलाई "पाणिग्रहण " भन्छौ यानि हात ग्रहण गर्ने। दुई मुटू एक धड्कन, दुई आत्मा एक विचार बन्दै एक अर्काको प्रेममा समर्पित हुदै प्रेम परमात्मा प्राप्तिको मार्ग या माध्याम बनाउने हो। बर्तमानमा प्रयोगमा कमिकमजोरी भएका होलान बेग्लै कुरा हो। तर बिबाह भएकै उपलक्ष्यमा यति बिघ्न नौटंकी गर्न हामीलाई आवश्यक पक्कै छैन होला।
हो परदेशमा बस्नेले देश गुनको भेष गर्न पर्ला----- विश्व भूमण्डलिकरणले असर गरेको होला ---तर हाम्रा वैभवशाली सँस्कार सँस्कृति परम्परा चाडवाड मनाउन, शुभकामना आदान-प्रदान गर्न लाज मान्ने र कञ्जुस्याई गर्ने लहलहैको भरमा Happy Valentine's Day भन्न गर्व मान्न त पर्दैन होला -----??????या पक्कै पनि उपर्युक्त हुदैन होला?????? अरूको सँस्कार सँस्कृति परम्परालाई सम्मान गरौं--- तर आफ्नोलाई रसातलमा पुर्याएर होईन। एक पटक यस्ता कुराहरूमा अलिक बुझ्ने कोशिस र चेष्टा गरौं। खासगरिकन पढेलेखेका बर्ग, समाजका अगुवाहरू, जिम्मेवार ब्यक्तित्वहरू, हाम्रा साँस्कृति ,परम्परालाई चिनाउन जगेर्ना गर्न लागेका जिम्मेवार महानुभावज्यूहरू ,ठूला नाम चलेका Celebrity ज्यूहरू र पत्रकारज्यूहरूले ख्याल गरौ।अन्यथा अल्प जानकारी र क्षणिक लहलहैको रमाईलो देखासिकीले हाम्रो वैभवशाली सँस्कार ,सँस्कृति र परम्परालाई ध्वस्त पार्दै अरूको अपरिपक्व र हाम्रो लागि असान्दर्भिक सँस्कृति स्थापित गर्ने छौं। समाज, राष्ट्र र पहिचान भनेको भूगोल र मान्छे मात्र होईनन्, सँस्कार, सँस्कृति र परम्परा पनि हुन। जुन दिन यि वैभवता कमजोर र विस्थापित हुने छन्, हामी हाम्रो समाज र देशनै कमजोर हुनेछौ।
हामी सबैलाई चेतना भया !
***********************************************
अन्त्यमा एक पटक यो भिडियो पनि हेर्नुहोला ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक