20180313

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरी उनको स्थानमा गुप्तचर स‌ंस्था सीआईएका प्रमुख माइक पोम्पियोलाई नियुक्त गरे

अमेरिका /  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरी उनको स्थानमा गुप्तचर स‌ंस्था सीआईएका प्रमुख माइक पोम्पियोलाई नियुक्त गरेका छन् । हालसम्मको सेवाका लागि टिलरसनलाई धन्यबाद दिँदै ट्रम्पले ट्वीटरमार्फत् यस्तो घोषणा गरेकाछन । उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्ने ट्रम्पको निर्णयप्रति टिलरसनले सार्वजनिक रुपमा बिरोध जनाएका थिए । यसबारे आफूसँग
परामर्श नगरिएको उनको भनाइ थियो । टिलरसनसँग अन्तरबिरोध बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले गत शुक्रबार नै उनलाई राजीनामा दिन भनेका थिए । ह्वाइटहाउस स्रोतलाई उदृत गर्दै उत्तर कोरियासँगको वार्तालाई सफल बनाउने उदेश्यले राष्ट्रपतिले यस्तो कदम चालेका हुन् । नवनियुक्त बिदेशमन्त्री पोम्पियोले आफ्नो नियुक्तिप्रति आभारी रहेको प्रतिक्रिया दिएका छन्, सीआईएका नयाँ प्रमुख भने जीना हास्पेल हुनेछन् । हास्पेल सीआईएको पहिलो महिला प्रमुख बन्ने अमेरिकी राष्ट्रपति ट्रम्पले टि्वट गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक