20180622

प्रेस काउन्सिल जस्तो संस्थाले एउटा आवाज भएको ब्यक्तिलाई त यसरी लागी परेर सिध्याउन न्वारान देखिको बल लगाउछ भने अरुको के हाल होला ?? - रबी लामिछाने

प्रेस काउन्सिल जस्तो संस्थाले एउटा आवाज भएको ब्यक्तिलाई त यसरी लागी परेर सिध्याउन न्वारान देखिको बल लगाउछ भने अरुको के हाल होला। मैले पासपोर्ट रातारात बुझाएको कि तपाईंहरूले ज्यान फालेर लाग्दापनि मैले कहिले पासपोर्ट बुझाएको पत्ता नलगाएको। केही अन्ध भक्त पार्टीकारिता गर्नेहरुले रातारात पासपोर्ट बुझाएको भन्न भ्याइ सकेछन। चाकरी गर्न र गाली गर्न कति हतार? प्रेस काउन्सिलले म प्रति कति प्रतिशोध साधेको? मैले झुठो विवरण दिए रे? किशोर श्रेष्ठ जी , तपाईको काउन्सिलले सबैलाई सोध्न भ्यायो तर एक कल मलाई गर्न भ्याएन। अझ मैले झुट बोल्यो भनेर प्रेस काउन्सिलको लेटर प्याड्मा आफ्नो प्रतिशोध छाद्न लाज लाग्दैन? कस्को जुठो खाएर मलाई झुठो भन्नु भएको? तपाईंलाई आज कल गरेर मेरो कार्यक्रममा live आउनुस भन्दा अर्कैसङ कुरा गर्नुस भन्नू भो। तपाईंलाई मैले २ वटा कुरा भनेको छु। १) तपाईंले पत्रकारिता जति वर्ष गरेपनि एक सिकारु संचारकर्मीका नाताले आज मैले तपाईंलाई पत्रकारिताको एउटा पाठ सिकाउने धृष्टता गरे र त्यो पाठ life मा नभुल्नु होला कि जहिलेपनि अर्को पक्षको भनाइ लिनै पर्छ। मैले तपाईंलाई मेरो नम्बर दिएको छु। अब देखि मेरो बारेमा केही कुरा आए एक कल गर्नुस्। मेरो नम्बर सेभ गर्नुहोला,काम लाग्ने छु। २) तपाईं सङ Live कुरा any time, any where गर्न चाहन्छु। म तपाईंको कलको प्रतीक्षा गरिरहेको छु। अर्को last कुरा, तपाई जस्तो गिरेर कहिलेपनि म र मेरो टिम कुनै पुर्वाग्रह राखेर तपाईंको पछी लाग्ने छैन। तर एउटा ब्यक्ति सक्न संस्थाको प्रयोग गर्ने प्रवृत्तिको त म आज होइन अहिले देखि नै हात धोएर पछी लागेको जानकारी लुकेर होइन खुलेर गराउन चाहन्छु।मेरो लेखाइ सिधा हुन्छ, कसैले दम्भ देखेमा संयोग मात्र मानिने छ। अझ पत्रकार को सम्पत्ति छानबिन बारे त आज बोल्नै बिर्सेछु। आजको कार्यक्रमले सबै भ्रम समाप्त गर्ने आशा गरेको छु। आजको कार्यक्रम हेर्ने प्रयास गर्नुहोला। - रबी लामिछाने 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक