20180627

डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा भण्डारी सहित एरिक ब्रोमवेल, कार्ल ज्याक्सन र जो वेर्नर निर्वाचित

एच बि  भन्डारीले रिपब्लिकन पार्टीका उम्मेद्वारसंग स्टेट डेलिगेटका लागि प्रतिष्पर्धा गर्ने बाटो खुल्यो,  भन्डारीले नोभेम्बर ६ मा हुने निर्वाचन मा पनि सहयोग गर्न नेपाली समुदायसंग अपील गरे 
अमेरिकाका पचास राज्य मध्येको एक राज्य मेरिल्याण्ड राज्यको डिस्ट्रीक्ट ८ बाट राज्य बिधान सभा सदस्यको लागि संपन्न डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा (प्रारम्भिक चुनाव जहाँ पार्टी भित्रबाट को चुनाव लड्ने भोटिङ्गको आधारमा उमेदवार छानिन्छ)  नेपाली मूलका एच बि ह्यारी भण्डारी डेमोक्रेटिक पार्टीको स्टेट डेलीगेटको उमेद्वारमा निर्वाचितनिर्वाचित
भएका छन । भण्डारीसहित एरिक ब्रोमवेल, कार्ल ज्याक्सन र जो वेर्नर पनि निर्वाचित  भएका हुन् ।

भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्य को केन्द्रीय सदस्य मा पनि निर्वाचित भएका छन । नोभेम्बर ६ मा हुने राज्यको निर्वाचनमा एच बि  भन्डारीले रिपब्लिकन पार्टीका उम्मेद्वारसंग स्टेट डेलिगेटका लागि प्रतिष्पर्धा गर्ने बाटो खुलेको छ ।  अमेरिकामा पार्टीगत रुपमा राज्य स्तर को बिधान सभाको सदस्य को प्राइमरी चुनाब र पार्टी को राज्यको केन्द्रीय समितेमा निर्वाचित हुने ह्यारी भण्डारी नेपाली मूलका पहिलो हुन ।

नेपालको पर्बत जिल्लाबाट डेढ दशक अघि अमेरिका आएका  भण्डारी मेरील्याण्डको बाल्टीमोरमा बस्दै आएका छन । भण्डारी बाल्टिमोरको एउटा कम्युनिटी कलेजमा पढाउँछन ।

भन्डारीले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा 5376 मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितीको सदस्य पदमा 5765 मत प्राप्त गरी बिजयी भएका हुन ।

भण्डारीको निर्वाचनका सन्दर्भमा अमेरिकाको नेपाली समुदायले चासो र महत्वका साथ लिएका छन। निर्वाचनमा मेरिल्याण्ड राज्य र वरिपरिका राज्यबाट नेपाली समुदायबाट मतदान केन्द्रमा र प्रचार प्रसार मा यथेष्ट सहयोग पुर्याएका थिए भन्छन पत्रकार तरुण पौडेल । प्रारम्भिक चुनावमा निर्बाचित  भए पश्चात भण्डारीले अमेरिका अवसरको भुमी हो र हामी नेपाली आप्रवाशीले पनि भावी सन्ततीको लागि एवं अधिकारका लागि मिलेर संघर्ष गर्नु पर्नेमा जोड दिएको अर्का पत्रकार सतिश चापागाई बताउँछन् ।

भन्डारीले नोभेम्बर ६ मा हुने निर्वाचन मा पनि सहयोग गर्न नेपाली समुदायसंग अपील गरेका छन ।

नेपाल मदर डट कम एच बि भण्डारी लाई प्रारम्भिक चुनावमा निर्बाचित भएकोमा बधाई ज्ञापन गर्दछ र नोभेम्बरमा हुने निर्वाचनमा पनि सफलताका लागि शुभकामना ब्यक्त गर्दछ । 

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक