20180619

ख्यातिप्राप्त कवि एवं लेखक वसन्त चौधरीको पछिल्लो कविता सङ्ग्रह 'चाहतो के साये मे' नयाँ दिल्लीमा विमोचन

       गीतकार समीरद्वारा विमोचन


नयाँ दिल्ली, असार ४, २०७५ / ख्यातिप्राप्त  कवि एवं लेखक वसन्त चौधरीको पछिल्लो कविता सङ्ग्रह 'चाहतो के साये मे' नयाँ दिल्लीमा विमोचन गरिएको छ । बलिउडका वरिष्ठ गीतकार समीर 'अनजान' ले गत शुक्रवार उक्त कविता सङ्ग्रहको विमोचन गरेका हुन् । गीतकार समीर बलिउडका त्यस्ता गीतकार हुन् जसको नाम
संसारकै सबैभन्दा धेरै सङ्ख्यामा गीत लेखेबापत सन् २०१६ को गनिजि वर्ल्ड रर्ेकर्डमा उल्लेख गरिएको छ ।

नयाँ दिल्लीस्थित होटेल हयात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यका मर्ुधन्य साहित्यकारहरूले कवि चौधरीको नयाँ पुस्तकको खुलेर प्रशंसा गरे । पछिल्लो एक बर्सो दौरानमा र्सार्वजनिक भएको चौधरीको यो दोस्रो पुस्तक हो । 'चाहतो के साये मे' लाई ख्यात्रि्राप्त 'बेनेट कोलम्यान एन्ड कम्पनी लिमिटेड' अर्न्तर्गतको 'टाइम्स ग्रुप बुक्स'ले प्रकाशन गरेको हो । २४२ पृष्ठको पुस्तकमा चौधरीले हिन्दी र उर्दू मिश्रति मिठासपर्ूण्ा सरल भाषामा लेखेका कविता, गीत, गजल तथा नज्माहरूलाई समेटेका छन् ।

उक्त पुस्तकको साथमा चौधरीद्वारा लिखित विभिन्न सातवटा गीत समेटिएको सिडी पनि र्सार्वजनिक गरिएको थियो । ती गीतहरूमा बलिउडका चर्चित गायक/गायिका सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोड र मोहित चिहानको स्वर रहेको छ । कार्यक्रमका दौरानमा केही गीतको म्युजिक भिडियो समेत पर््रदर्शन गरिएको थियो ।

कार्यक्रमका मुख्य अतिथि गीतकार समीरले कवि चौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताए । उनले मनलाई छुने काव्य कृति रचना गरेको भन्दै चौधरीको खुलेर प्रशंसा गरे । "अझै पनि साहित्यको दुनियाँमा चलचित्रका गीतकारहरूलाई स्वीकार नगरिनु दुःख लाग्दो विषय हो । गुलजार साहेब -भारतका लोकप्रिय गीतकार, कवि एवं फिल्म निर्देशक) ले मलाई आफ्नो गीतहरूको सङ्ग्रह प्रकाशन गर्न सुझाव दिँदै आउनुभएको छ र म पनि त्यसबारेमा सोचिरहेको छु", उनले भने ।

पुस्तक विमोचन कार्यक्रममा भारतको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री रामेश पोखरियाल 'निशक' विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । स्वयम् कवि समेत रहेका निशकले नेपाल र उत्तराखण्डबीच सीमा जोडिएको विशेष निकटता रहेको चर्चा गर्दै दुवै ठाउँमा रहेका साझा संस्कृति र पहाडी भूभागबारे उल्लेख गरे । कवि चौधरीको पुस्तक नेपाल-भारत सम्बन्ध बलियो बनाउने दिशामा एक महत्वपर्ूण्ा कदम भएको उनको कथन थियो ।

भारतका वरिष्ठ कवि, साहित्य समीक्षक एवं समालोचक बालस्वरुप राही तथा दिल्ली विश्वविद्यालय अर्न्तर्गतको हंसराज कलेजका प्राचार्य डा. रमाले 'चाहतो के साये मे' माथि विद्धत टिप्पणी गरे ।

अन्त्यमा पुस्तकका लेखक चौधरीले 'चाहत' -इच्छा) शब्दको विभिन्न आयामबारे प्रकाश पार्दै भने, "धेरै जसो मेरा काव्य कृतिलाई प्रेम र इच्छाले डोर्‍याउँदै आए पनि इच्छा वा चाहत स्त्री र पुरुषबिचको प्रेममा मात्र सीमित नभएर त्यो भन्दापनि पर रहेको छ । यसले समानरुपमा कुनै पनि व्यक्तिको नयाँ उचाइमा पुग्ने र नयाँ लक्ष्य प्राप्त गर्ने आकाङ्क्षालाई समेत व्यक्त गर्दछ । यसर्थ इच्छा भनेको मानिसको समग्र जीवन प्रगतिको मुख्य उत्प्रेरक तत्त्व हो ।"

कवि चौधरी तथा कार्यक्रमका वक्ताहरूले कविताहरूको भाव दुरुस्त प्रतिविम्वित हुनेगरी सफलतापर्ूवक 'चाहतो के साये मे'लाई अङ्ग्रेजीमा अनुवाद गरेको भन्दै जार्काताका सुन्जोय शेखरको खुलेर प्रशंसा गरे । 'चाहतो के साये मे' लाई यही असार ११ गते भारतको मुर्म्बईमा समेत विमोचन गरिने टाइम्स ग्रुप बुक्सले जनाएको छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक