20180721

अमेरिकामा रहेका नर्सहरुको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेसको दोस्रो सम्मेलन उदघाटन

अमेरिकामा रहेका नर्सहरुको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेसको दोस्रो सम्मेलन भर्जिनियाको मनाससमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले उदघाटन गर्नुभयो ।

 संस्थाका अध्यक्ष मन्जु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत कार्कीले सानका गतिबिधीको प्रशंशा गर्नुभयो ।

अध्यक्ष मन्जु कार्कीले संस्थाको गतिबिधी माथि प्रकाश पार्नुभयो । डा. गुणराज सुबेदी, डा. महेश्वर बैद्य, डा. मदन गुप्ता, सिपीए हरी शर्मा, एएनएस अध्यक्ष प्रभा देउजा, भर्जिनिया नर्सिङ्ग असोसिएशनका तर्फबाट जेनिफर
सेफार्ड, जोन बिङ लगायतका बिभिन्न बक्ताहरुले सानको बारेमा आ आफ्ना धारणा राख्नुभएको कार्यक्रम परशु तिमल्सिना, समीक्षा दाहाल, डा. कल्पना सुबेदीले सँचालन गर्नुभएको थियो ।

कार्यक्रममा डा. सुबेदी, सिपीए शर्मा, नेपाल मदर डटकम सहित बिभिन्न ब्यक्तित्व, मिडियाहरुलाई सानका तर्फबाट राजदूत कार्की र अध्यक्ष मन्जु कार्कीले सम्मान गर्नुभएको थियो ।

 शुक्रवार साँझ कविता बाचनबाट शुरु भएको उक्त सम्मेलन स्वास्थ्य परिक्षण सहित बिभिन्न कार्यक्रमका साथ आईतवार सम्पन्न हुने अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रमका केही तस्वीरहरु :
Image may contain: 6 people, people smiling, people standing


Image may contain: 6 people, including Prem Sangraula, people smiling, people sitting, suit and indoorImage may contain: 7 people, including Kalpana Satyal, people standing







Image may contain: 5 people, including Gunaraj Luitel, indoor
Image may contain: 4 people, people smiling, people standing and indoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक