20180722

अमेरिकामा २०५ औँ भानु जयन्ती, गृष्मकालीन वनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

* गीतकारअम्बिका गुरुङ 
* अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेल
* बिओटी उपाध्यक्ष रोहिणी शर्मालाई आयोजक दुवै संस्थाका तर्फबाट सम्मान
 कार्यक्रमको मञ्च पछाडिको खेल मैदान भारी वर्षाले ताल बनिरहेको थियो । कुनै बेला इन्द्र खुसी हुनुहुन्छ पानी पर्छ कुन बेला रिसाउनुहुन्छ पानी बन्द हुन्छ तर पनि सहभागीको आउने र जाने क्रम रोकिएन । मौसमको प्रतिकुलता जे जस्तो भए पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेलको प्रस्तुति सुन्दै हाँस्दै गर्दा सहभागीहरू खुसी भएर पानी पार्ने इन्द्र भन्दा अझै खुसी र दङ्ग देखिए । त्यसमाथि मिठा मिठा नेपाली खाना परिकार र तात्तातो BBQ को मज्जा बेग्लाई थियो । यस पटक कोरियन, जापनिज, अमेरिकन प्रोफेशनल गायक गायिकाको समेत प्रतुती हेरी सकेपछि नेपाली राजदूत डा. अर्जुन कार्की देखी अन्य अतिथि सम्म सबैले कार्यक्रम क्या गज्जब भयो है भन्दै हुनुहुन्थ्यो । जुलाई २२ को दिन अमेरिकाको भर्जिनिया मनासस शहरको स्प्ल्यास डाउन वाटर पार्कमा आयोजित यो कार्यक्रम २०५ औँ भानु जयन्ती, गृष्मकालीन वनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम थियो जुन भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका द्वारा संयुक्त रूपमा आयोजित उक्त विशेष कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले प्रमुख अतिथिको आशनबाट आदिकवि भानुभक्त आचार्यको सालिकमा
माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत कार्कीले भानुको योगदान अमूल्य रहेको बताउनुभयो । वहाँले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले २०५ औँ भानु जयन्ती, गृष्मकालीन वनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम एक साथ आयोजना गरेर अमेरिकामा पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई पुर्‍याएको टेवा अत्यन्त प्रशंसनिय छ भन्नुभयो ।

अनेसासका संस्थापक अध्यक्ष एवम्  अग्रज साहित्यकार होमनाथ सुबेदी, अनेसास बिओटीका रोहित शर्मा, डा. गोपी उप्रेती, जापनिज पत्रकार एवम् समाजसेवी युजी याकोयमा, संस्थाका उपाध्यक्ष अरुण रुपाखेती, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेल आ आफ्ना मन्तव्य राख्दै भानुको व्यक्तित्व, अनेसास र अन्तर्राष्ट्रिय कलाकार मँचले गरेका गतिविधिको सकारात्मक चर्चा गर्नुभयो ।

कार्यक्रम संयोजक कोषाध्यक्ष पुष्कर  पन्तले स्वागत भाषण, उपाध्यक्ष रजनी श्रेष्ठ, महासचिव भुपनारायण घर्तिमगर, सदस्यहरू मुकुन्द कोइराला, खगेन्द्र थापा, सुषमा खनाल र बिना घर्तिमगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले दुवै संस्था मिलेर भानुलाई सम्झिने र अमेरिकामा पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई उजागर गर्ने गरिएको बताउनुभयो । 

गत वर्ष मात्र करिब एक सय भन्दा बढी गीत लेखेकी गीतकार, साहित्यकार एवम् समाजसेवी अम्बिका गुरुङलाई कार्यक्रममा राजदूत कार्की, अध्यक्ष खनाल, संस्थापक सुवेदीले विशेष सम्मान गर्दै माला खादा लगाइदिएर सम्मान पत्र हस्तान्तरण गर्नुभयो । गीतकार गुरुङका दर्जनौँ एलबम, सिडी, भिडियोहरू प्रकाशित छन् ।

यसै गरी कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरू पौडेल, बिओटी उपाध्यक्ष रोहिणी शर्मालाई आयोजक दुवै संस्थाका तर्फबाट सम्मान गरिएको थियो । वहाँलाई कार्यक्रममा राजदूत कार्की, अध्यक्ष खनाल, संस्थापक सुवेदीले विशेष सम्मान गर्दै माला खादा लगाइदिएर र सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।

डा. दुर्गा रिमाल, रणेन्द्र बराइली, राजेश नाथ, रजनी श्रेष्ठ, शकुन्तला अधिकारी र पुष्कर पन्त लाई मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रम मा विभिन्न कवि कवयित्रीहरूले कविता वाचन गर्नुभयो । कविता वाचन गर्नेहरुमा रोजा वली,करुणा किरण गुरूड़्ग,सनत कुमार थापा,  रबिन्द्र श्रेष्ठ, लोचनमान श्रेष्ठ, डा. गोपी उप्रेती, निलकण्ठ सुबेदी, नीरा शर्मा, सुदिपभद्र खनाल, मुकुन्द कोइराला, लोक कुमारी सुबेदी, सुनिल मणि दाहाल, प्रकाश नेपाल, खगेन्द्र थापा, मन कुमारी थापा, शकुन्तला अधिकारी, पुष्कर पन्त, सुजना ढकाल, बिमला निरौला, रजनी श्रेष्ठ,गुणराज लुईटेल, राम शरण हुमागाई,शुभ नेपाल, गोपाल रेग्मी, भुपनारायण घर्तिमगर, रामप्रसाद खनाल, ओल्गा केनेडी लगायत हुनुहुन्थ्यो ।  कोरियाली गायक बिल पार्क र जापनिज गायिका, जापनिज गायक युजी याकोयामा, पूनम श्रेष्ठ र रामप्रसाद खनालले गीत गाउनुभएको थियो ।

कविता प्रतियोगिताको निर्णायक मण्डलमा रहनुभएका कविहरु सुदीपभद्र खनाल, नारी शर्मा र शिबहरी पौडेलको टोलीले प्रतियोगितात्मक कविता प्रतियोगितामा मुकुन्द कोइराला प्रथम, नीलकण्ठ सुबेदी द्वितीय, सुनिलमणी दाहाल तृतीय, रोजा वली सान्त्वना, करुणा किरण गुरूङ्ग सान्त्वना, मन कुमारी थापा  सान्त्वना पुरस्कारअका लागि छानिएको घोषणा गरिए पछि वहाँहरू सबैलाई अध्यक्ष खनाल, कविता प्रतियोगिता संयोजक रजनी श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मिठा मिठा नेपाली भोजन र BBQ समेत व्यवस्था गरिएको थियो । खानाको व्यवस्थापन कार्य समितिका सदस्य शकुन्तला अधिकारीले गर्नुभएको थियो ।



















































 

 हामी सँग उपलब्ध भए सम्मका सबै तस्बिर हेर्न फेसबुकको यो लिङ्क क्लिक गर्न सक्नुहुन्छ । 
https://www.facebook.com/rpkhanal/media_set?set=a.10215206730214822.1073741964.1030338690&type=3 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक