20180724

ज्ञानेन्द्र गदाल सहित श्रस्टाहरुलाई छिन्नलता पुरस्कार र सम्मान हस्तान्तरण


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष, हाम्रा मित्र, लेखक, साहित्यकार, गीतकार ज्ञानेन्द्र गदाल काठमाडौंमा यस वर्षको छिन्नलता पुरस्कारबाट सम्मानित भएकोमा हार्दिक बधाई । मित्र गदालजी तपाईंको यात्रा अझ धेरै बाँकी छ तर हामीलाई विश्वाश छ तपाईं यात्रामा कहिलै पछी हट्नुहुने छैन । तपाईंको अझ उत्तरोत्तर प्रगती होस, तपाईं बाट नेपाली भाषा, साहित्य, कला, सँस्कृतीले अझ धेरै योदान पाउन सकोस हाम्रो शुभकामना पनि ।  वहाँ सँगै सम्मानित हुनुभएका, पुरस्कार पाउनुभएका सबै सबै श्रस्टाहरुलाई पनि हाम्रो
हार्दिक बधाई र शुभकामना । 
********         

गीतकार ज्ञानेन्द्र गदाल र संगीतकार वसन्त क्षेत्री यस वर्षको छिन्नलता पुरस्कारबाट सम्मानित भएका छन्। वरिष्ठ गीतकार रमोला देवी शाह छिन्नलताको ९६ औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गदाल र क्षेत्रीलाई पुरस्कार राशि जनही ५० हजार र सम्मानपत्र प्रदान गरियो।

गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरिएको थियो। राणालाई पनि ५० हजार तथा सम्मानपत्र प्रदान गरियो।

राजनराज शिवाकोटी र मेलिना चाम्लिंग राई प्रतिभा पुरस्कारबाट सम्मानित भए। उनीहरूलाई ३५ हजार तथा सम्मानपत्र प्रदान गरियो। लोकप्रिय गायिका शान्ति ठटाल तथा शिवशंकर थापालाई पनि जनही ५० हजार राशिको विशेष सम्मान प्रदान गरिएको थियो।

पुरस्कार प्रधानमन्त्री केपी ओलीले प्रदान गरेका थिए। यस अवसरमा राष्ट्रियसभाका सदस्य कोमल ओली र गुठीका संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले छिन्नलताले गीत संगीत क्षेत्रमा गरेको योगदान बिर्सन नसकिने बताए। गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले समारोहको सभापतित्व गरेका थिए।
Image may contain: 3 people, people smiling, people standing
Image may contain: 1 person, closeup

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक