20190306

अदालतद्वारा साँसद रेशम चौधरी सहित ११ जनालाई टिकापुर हत्यामा सँलग्न ठहर गर्दै जन्मकैद फैसला !


मधेशी दलहरु स्तब्ध, ओली सरकारलाई दिएको समर्थन फिर्ता, राष्ट्रिय विद्रोहको धम्की 
मधेशी दलहरुको गठबन्धन राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकार लाई दिएको समर्थन फिर्ताले सरकारलाई खासै असार नगर्ने 
काठमाडौं । बहु प्रतिक्षित टिकापुर नरसँहारको मुद्दा अदालतले फैसला गरेको छ । फैसलाले धिलाई भए पनि न्याय मरिरहेका बेला केही आशाको दियो जलाएको सर्बत्र चर्चा गरिँदैछ । जिल्ला अदालत कैलालीले टीकापुर
घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको छ । मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए । तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ ।

जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । लक्षणसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो ।

१२ जना मध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्नीराम ३० गते थुनामुक्त हुनेछन् । अर्का प्रतिवादी करन चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको छ । उनले यो सजाय भुक्तान गरिसकेकाले आजै छुट्ने छन् ।

अदालतले नरुल अलि जाथा भन्ने तहाँवर अली जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीलाई सफाइ दिएको छ ।

यो मुद्दामा अभियुक्तहरुलाई कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँकाचोरीको मुद्दा लगाइएको थियो तर, सबैले डाँकाचोरीतर्फ सफाइ पाएको अदालततको फैसलामा उल्लेख छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अनलाइन खबरले लेखेकोछ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रशेम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाए लगतै राजपाले समर्थन फिर्ता लिने निर्णय गरेको हो । अदालतको फैसलाले राजपा स्तब्ध र मर्माहत बनाएको अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई तिहाई हुँदाहुँदै संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दी रिहा नगरेको, मुद्दा फिर्ता नलिएको भन्दै उसले सरकार असफल भएको बताएको छ । ‘सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहकाले राजपा नेपालले केपी शर्मा ओलीको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ’ अध्यक्ष यादवले विज्ञप्तिमार्फत भनेका छन् ।

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाले विद्रोह निम्त्याउने बताएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतले अन्याय गरेको भन्दै अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिए । ‘अब राष्ट्रिय विद्रोह हुन्छ, थारु, जनजाति मधेसी सबै मिलेर विद्रोह गर्छन्’ उनले भने । नेता महतोले बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै अदालतको फैसलाले अन्यायमाथि अन्याय भएको टिप्पणी गरे ।

रेशम चौधरी आन्दोलनकारी हो भन्दै उनले आन्दोलनकारीलाई जेल जन्मकैद हुने भए प्रचण्ड, केपी ओली र गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन नभएको भनी प्रश्न गरे ।

‘रेशम चौधरी आन्दोलनकारी हो, आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? केपी ओलीलाई जन्मकैद किन भएन गिरिजाप्रसादलाई किन भएन’ उनले प्रश्न गरे ‘रिहा हुन कुनै खास जाति चाहिन्छ ? आजिवन जन्मकैदका लागि कुनै खास जतिको हुनुपर्ने ?’

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक