20190623

चलचित्र जगतका प्रख्यात हस्ती, कुशल निर्माता, निर्देशक, एबम कलाकार अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकियो

Image may contain: one or more peopleनेपाली चलचित्र जगतका प्रख्यात हस्ती, कुशल निर्माता, निर्देशक, एबम कलाकार अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएको छ । औपचारिक रुपमा ‘क्यामेरा अन’ गरिएको २९ दिनमा चलचित्रको पूर्ण छायांकन सकिएको निर्माता तथा निर्देशक शर्माले बताए । चलचित्रलाई झापा र काठमाण्डौको लोकेशनमा खिचिएको छ ।

आगामी दशैंलाई रिलिज मिति पक्का गरेको यो चलचित्रको तयारी भैरहेको छ । यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नयाँ नायक अंकित शर्माको मुख्य भूमिका छ । चलचित्रमा यी दुई कलाकारको साथमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्दी तामाङ, रश्मी भट्ट, जयनन्द लामा, अर्जुन श्रेष्ठ, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल लगायतको पनि मुख्य भूमिका छ ।
चलचित्रमा पुरानो सफल चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीत समावेश गरिएको छ । रिमेक गरी चलचित्रमा समावेश गरिएको यस गीतलाई छिट्टै सार्वजनिक गरिने निर्देशक शर्माले बताए ।
Image may contain: Ashok Sharma, standing, sky and outdoorImage may contain: 4 people, including Ashok Sharma and Ram Prasad Khanal, people smiling, people sitting and indoor
Image may contain: 3 people, including Ram Prasad Khanal and Ashok Sharma, people smiling, indoorImage may contain: 2 people, including Ram Prasad Khanal, people standing and indoor
Image may contain: 3 people, including Ashok Sharma and Ram Prasad Khanal, sunglasses and outdoor
**********************************************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक