20190909

हरेकले थाहा पाउनुपर्ने कुरा : किड्नी किन फेल हुन्छ ?

 नेपाल जस्ता विकाशोन्मुख देशहरुमा मानिसको अभिन्न अंग मानिने मृगौला (किड्नी) धेरै फेल हुने गरेको छ । किड्नी हाम्रो शरिरको महत्वपूर्ण अङ्ग हो । किड्नीमा खरावी आयो भने हामिलाई बिभिन्न रोगहरु लाग्ने गर्दछन जसका कारण हामिले ज्यानै गुमाउनु पर्ने समेत अवस्था आउँदछ ।

तसर्थ किड्नी भनेको के हो ? मानव शरिरमा किड्नीले के कसरि काम गरिरहेको हुन्छ ? किड्नी कसरि काम नलाग्ने अवस्थामा पुग्दछ ? किड्नी बचाउनको लागि के गर्नुपर्दछ ? यी यवत कुराहरु सबैले जान्न जरुरी छ । ग्राण्डी अस्पतालको विशेषज्ञ डाक्टर प्रेमराज ज्ञवालीसँगको कुराकानीबाट प्राप्त जानकारीका आधारमा आज हामी किड्नी सम्वन्धि १० महत्वपूर्ण जानकारीहरु प्रस्तुत गर्दैछौ । आफुले पढिसकेपछि सबैको जानकारीका
लागि सक्दो सेयर गरिदिनुहोला ।

किड्नीको काम के हो : किड्नीले शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किड्नीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ ।

मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ ।

किड्नी र मुटु बिचको सम्वन्ध : किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो र कलेजो सँग हुन्छ । मुख्य गरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ । किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् ।

किड्नी फेलहुनाका प्रमुख कारणहरु के के हुन : किड्नी फेलहुनाका मुख्य कारणहरुमा मुटु, दम, श्वास, टि।बी।, सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक औषधीहरुको अल्पकालीन सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ । यी आधुनिक औषधीहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ ।

किड्नी भनेको के हो रु यो हाम्रो शरिरमा कहाँनिर हुन्छ : किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ ।

किड्नी खराव हुनु भनेको के हो : किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।

नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षणहरु के के हुन : किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ ।

यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ ।

खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।

किड्नी स्टोन ९पत्थरी० , यसको लक्षण र उपचार : किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।

जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।

उपचार : यदि पत्थर ६ मि।मि।भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि. भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन ।

सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ ।

किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, क्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन ।

यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् । - स्वास्थ्य/ जिबनशैली

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक