20200328

अमेरिका कोरोना भाइरस प्रभावितमा पनि नम्बर वान देश, एक लाख पाँच हजार जनामा कोरोना भाइरस सङ्क्रमण, एक हजार सात सय आठको ज्यान गयो !

Breaking News
बैज्ञानिक र चिकित्सकहरु भन्दैछन - विश्वमा देखिएको कोरोना सबैको टेस्ट नगरेकाले कम देखिएको हो, टेस्ट गर्दै जाँदा संसारभर स्थिती भयाबह देखिने छ । धेरैको ज्यान जानेछ !     New York 'ready' to snuff coronavirus when it lands thanks to ... 
३३ करोड जनसंख्या भएको र थप दुई करोड भन्दा बढी गैर कानुनी मानिस रहेको अनुमान गरिएको,  दिमाग, शक्ति, धन लगायतका धेरैजसो कुरामा संसारलाई लिड गरिरहेकोले संसारको नम्बर वान भनिने, मानिने देश अमेरिका कोरोना भाइरस प्रभावितमा पनि नम्बर वान देश भएको छ । हाल सम्म एक लाख पाँच हजार जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने एक हजार सात सय आठको ज्यान गइसकेको छ । यस बिचमा दुई हजार पाँच सय तिस जना निको भएर घर फर्केको रेकर्ड छ । यो सङ्ख्या हरेक घण्टा बढ्दै जान थाले पछि अमेरिकामा सरकार देखी जनता सम्म सबै चिन्तित भएको अवस्था छ अहिले ।

यी पङ्ती लेख्दा सम्म विश्वका छ लाख एक्काइस हजार मान्छे कोरोना पोजेटिभ देखिएका छन् भने सत्ताइस   हजार सात सयको यसले ज्यान लिइसकेको छ । तर एक लाख सैँतिस हजार भन्दा बढी निको भएको सुखद कहबर पनि छ ।

नेपालमा करिब एक हजारमा गरिएको टेस्टमा ५ जना सङ्क्रमित देखिएको र एक जना निको भएको सरकारी तथ्याङ्क छ तर बाँकी मानिसमा टेस्ट नै नगरिएकोले अझ कति सङ्क्रमित छन् र भोलि के होला ? भन्ने कुरा "भगवान् जाने" भएको छ ।

 
संसारका २१२ देश मध्ये २०० देशहरूमा पुगिसकेको यो कोरोना भाइरसले धनी गरिब, सानो ठुलो कसैलाई छाडेको छैन र यसले संसारभरकै अर्थतन्त्र डामाडोल बनाउँदै गएको छ । चाइनाको बुवान बाट सुरु भएको यो भाइरसले अझ कति मान्छे खाने हो र विश्वकै अर्थतन्त्रलाई कति उँधो लाने हो त्यो अनुमान गर्न पनि कठिन छ ।
Wuhan's Quarantine May Not Contain the Coronavirus

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको पछिल्लो पत्रकार सम्मेलन । यसै गरी राष्ट्रपतिले हरेक दिन पत्रकार सम्मेलन गरी कोरोना भाईरस र सम्बन्धित बिषयमा आफ्ना जनता र संसारलाई जानकारी दिँदै आएका छन

3/27/20: Members of the Corona virus Task Force Hold a Press Briefing


President Trump Participates in a Signing Ceremony for H.R. 748, the CARES Act *******************

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !

गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं      

                                FOR MORE SONGS AND VIDEOS PLEASE CLICK THIS LINK BELOW:
HTTPS://WWW.YOUTUBE.COM/USER/RAMPDKHANAL/VIDEOS?VIEW=0&SORT=P&FLOW=GRID&VIEW_AS=SUBSCRIBER




           

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक