20200324

बेलायत पछि अमेरिकामा पनि अर्को एक जना नेपालीको कोरोनाकै कारण ज्यान गयो, अमेरिकामा मात्रै ५८२ र संसारभर १७२२६ जनाको ज्यान गयो, ३९४६०५ मा कोरोना भाईरसको सँक्रमण !

Breaking News !
कोरोना भाईरसका कारण अमेरिकामा पनि एक जना नेपालीको ज्यान गएको छ । ज्यान जाने नेपाली न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बु हुन । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको परिवारका सबै जनालाई सक्रमण भेटिएको छ, परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन् । हाल सम्म अमेरिकामा लिम्बुका परिवार बाहेक अन्य तिन जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । न्यूयोर्क राज्यको कुइन्समा बसोबास बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुई जना नेपालीलाई संक्रमण पुष्टि भएको छ, भने भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ बर्षिय महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । अन्य दुई जना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

स्मरण रहोस यस अघी नै बेलायतमा एक जना नेपालीको पनि ज्यान गएको थियो ।

यो समाचार तयार पार्दा सम्म अर्थात मार्च २४ तारिख, न्युयोर्क समय बिहान ९ सम्म अमेरिकामा मात्रै ५८२ जनाको कोरोना भाईरसका कारण ज्यान गएको छ भने ४६१६८ मा कोरोनाको सँक्रमण देखिएको छ । २९५ जना उपचार पछि निको भएका छन ।

यसैगरी १९४ देशमा फैलिसकेको कोरोना भाईरसबाट हाल सम्म १७२२६ जनाको ज्यान गएको छ भने ३९४६०५ मा कोरोना भाईरसको सँक्रमण देखिएको छ । १३७१० जनालाई निको भैसकेको छ ।


कोरोना बाट ज्यान जाने र सँक्रमण हुनेको सँख्या दिन दुइगुना रात चौगुना भने जस्तै भएको छ तर संसार भरका सरकारहरु यसको नियन्त्रणका लागि उत्तिकै खटेका छन ।

कोरोनाका कारण अहिले नै संसार भर सबैतिर अर्थतन्त्र धराशायी भैसकेको अवस्था छ । थाहा छैन यसले अझ कती असर गर्ने हो । 
**************************
Related news links :

यस्तो अमानबिय काम तुरुन्त बन्द गर । यो त अति भो !


********

   **************

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !

***********************

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक