20200523

मातृभूमिको रक्षार्थ ‘राष्ट्रिय अखण्डता सरोकार सञ्चार अभियान नेपाल’

Image may contain: Balkrishna Chapagain, smilingबुटवल, १० जेठ । नेपालको सार्वभौम अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण हुँदा नेपाली जनताको राष्ट्रिय भावनामा आघात पुगेको छ ।
मातृभूमिको रक्षार्थ यतिबेला नेपाली जनताहरु जुर्मराएर उठेका छन् । नेपाल सरकारले नेपाली भूमि समेटिएको नयाँ नक्सा निर्भीकताका साथ सार्वजनिक गरेको छ । यसका लागि हामी नेपाल सरकारलाई बधाई दिन चाहन्छौं । नेपाली भूमिमाथि अन्य कुनै मुलुकको ठाडो हस्तक्षेप र थिचोमिचो विरुद्ध दृढतापूर्वक नेपाल सरकार खडा होस् भन्ने हाम्रो चाहना छ । यतिबेला मातृभूमिको रक्षार्थ सरकारले चालेको कदममा सम्पूणर््ा जनताहरु एक छन् । अहिले मुलुकमा नेपाली भूमिको रक्षार्थ सबै राजनीतिक दलहरु एकै ठाउँमा छन् र रहिरहने छन् ।
सरकारले आफ्नो नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गरेसँगै भारतीय सञ्चारमाध्यमहरुले औचित्यहीन तर्क प्रस्तुत गर्दै नेपाल विरुद्ध दुश्प्रचार गरिरहेका छन् । यस किसिमको दुश्प्रचारको हामी कडा शब्दमा निन्दा र भ्रत्सना गर्दछौं । नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र नेपाली माटोप्रति खेलबाड नगर्न समेत भारतीय सञ्चारमाध्यमलाई हामी चेतावनी दिन्छौं ।

यतिबेला सबै एकजुट हुनुपर्ने र नेपालका आम सञ्चारमाध्यम, पत्रकार, लेखक तथा सबै क्षेत्रबाट मातृभूमिको रक्षार्थ सशक्त कदम उठाउनु पर्ने बेला आएको छ । मातृभूमिको रक्षार्थ देशव्यापी रुपमा जागरण ल्याउने लक्ष्यका साथ ‘राष्ट्रिय अखण्डता सरोकार सञ्चार अभियान नेपाल’ नामक एक समिति गठन गरिएको छ । यस अभियानको संयोजकमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागार्इं रहनु भएको छ ।
त्यसैगरी अभियानका सदस्यहरुमा नारायण सापकोटा (भैरहवा),डा. देवी क्षेत्री दुलाल (इलाम), किशोर कार्की (धरान), मनोहर पोखरेल (राजविराज), महेश दास (वीरगन्ज), गंगाधर पराजुली, भिमसेनराज बाहक, देवराज अर्याल, बाला अधिकारी (काठमाडौं ) शिव डोटेल (नेपालगन्ज), सुमन अधिकारी (रुपन्देही), शरद अधिकारी (दाङ), अछरी पोखरेल (नेपालगन्ज), झलक गैरे(नेपालगञ्ज), रामकुमार क्षेत्री (रुपन्देही), नवराज सुवेदी (पोखरा), सूर्यमणि गौतम (सुर्खेत), हेमन्त पौडेल (धनगढी), खेम सुवेदी(महेन्द्रनगर), भगवान भण्डारी(पाल्पा), प्रदीप आचार्य (रुपन्देही) रहनु भएको छ ।
यो अभियानमा विशेषतः सीमा सुरक्षा र राष्ट्रिय भावनालाई बलियो बनाउने कार्यमा केन्द्रित रहनेछ । यो अभियानको सल्लाहकारहरुमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ पत्रकारहरु युवराज घिमिरे, देवप्रकाश त्रिपाठी, शम्भु श्रेष्ठ (काठमान्डौ), मेघराज शर्मा (पाल्पा), विश्वबन्धु भण्डारी (तनहुँ), विनोद पहाडी(रुपन्देही), यज्ञ शर्मा (विराटनगर) रहनु भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक