20200903

नरिसाउनुहोला है सत्य तितो हुन्छ !

 Image may contain: one or more people, people walking, crowd and outdoor

वडा अध्यक्ष कोरोनामुक्त हुँदा र्‍याली निकाल्ने, यस्तो कोरोना महामारीमा रथ तान्नु पर्ने, निर्दोष प्रहरीलाई ढुङ्गा मुढा हान्नु पर्ने, यस्तो बेला जनताका लागि होइन सरकार र नेताहरू आफ्नै कुर्सी र गुटका लागि दिनहुँ गर्ने बैठक जनताले मान्नु पर्ने, जनतालाई दिन केही नजानेको लिन मात्र जानेको नालायक सरकारको निसेधाज्ञा मात्र सबैले मान्नुपर्ने, सबै सर्वज्ञ, सबै ठुला, सबै नेता, सबै बुद्धिजिबी, सबै पत्रकार, सबै वैज्ञानिक, सबै डाक्टर, सबै समाजसेबी, सबै अभियन्ता, सबै न्यायाधीश ! यो र यस्तो सबै देख्दा आज फेरी स्वर्गीय गणेशमानजीले भनेको कुरा याद आयो - हामी नेपाली जनता भेंडा नै हौँ । हामी सुध्रिने कुरा यो जुनी मा असम्भव प्राय नै देखियो । हामी आफैले कोरोना होइन त्यो भन्दा अझ खतरनाक रोगको माग गरिरहेका छौं । अझ ठुलो महामारीलाई निम्त्याइरहेका छौं । हाम्रो व्यबहारले त्यही भन्दैछ । कुरो यही हो बुझे भैगो ! नरिसाउनुहोला है सत्य तितो हुन्छ !

Image may contain: 2 people, shoes and outdoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक