20200904

ढुङ्गा मुढा, तोडफोड गर्ने, आगजनी गर्ने, प्रहरी कुट्ने व्यक्तिहरू र समय फरक छन् तर प्रवृत्ति एउटै छ !

 

Image may contain: 1 person, standing and outdoor

त्यही राजनीति, त्यही प्रवृत्ति, तिनै नेतालाई पछ्याउनेहरूलाई यो कुरा पटक्कै मन पर्ने छैन मलाई थाहा छ तर तितो सत्य के हो भने ढुङ्गा मुढा, तोडफोड गर्ने, आगजनी गर्ने, प्रहरी कुट्ने व्यक्तिहरू र समय फरक छन् तर प्रवृत्ति एउटै छ । कसैलाई यो मन पर्ला नपर्ला तर काँग्रेसमा गगन थापाहरु ढुङ्गा हानेरै नेता, नेता मात्र होइन सांसद र मन्त्री पनि बन्नु भयो । एमालेमा महेश बस्नेतहरु प्रहरी कुटेरै नेता, सांसद र मन्त्री पनि बन्नु भयो । माओवादी वालाहरुको के कुरा गर्नु र ! प्रहरी, सेना, जनता मारेर उनीहरू नेता मात्र बनेनन्, सांसद, मन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति सम्म

बनेर अहिले सम्म खाइरहेका छन् । मधेसवादीको रौतहट नरसंहार देखी अनेकौँ अपराधहरू भुल्ने कुरै भएन । २०२८ सालमा झापामा टाउको काटेर १४ वर्ष जेल जीवन बिताएका ओली प्रधानमन्त्री हुँदै हुनुहुन्छ । हाम्रो विगत र बर्तमानले के सिकाएको छ भने यी र यस्तै अराजकता, अशान्ति, अपराध, हत्या, अपहरण, चन्दा असुली, ठगी, सुरक्षाकर्मी माथि आक्रमण नै हाम्रो सफलता हो । पाटन घटनामा जुन अराजकता देखियो त्यो पनि हाम्रो विगतको शिक्षा नै हो । पाटनमा प्रहरी कुट्ने, तोडफोड गर्ने, गुलेली हान्नेहरू नै हाम्रो भोलिका नेता, सांसद, मन्त्रीका दाबेदार हुनेछन् हेर्दै जानुहोला । बुद्ध जन्मिएको हाम्रो देश नेपाल तर ठिक उल्टो बाटोमा छ विगत देखी वर्तमान सम्म, र भविष्य पनि आशा लाग्दो छैन । सहीलाई सही र गलतलाई गलत भन्ने जमाना छैनन् अहिले । संसार पुरै कृत्रिम भएको छ । आफ्नो स्वार्थ सिद्ध जसरी हुन्छ, जहाँ हुन्छ मान्छे त्यहाँ त्यसरी बोल्ने चलन छ । आफ्नो व्यक्तिगत फाइदाको बाहेक मान्छे अरू कुरै गर्दैनन् आजकल । नैतिक शिक्षा पढाउन छाडिसकिएको छ, धर्म, संस्कृति, अनुशासन, इतिहास पढाउन छाडिसकेका छन् गुरुहरू । यो सबै कुराले देशको भविष्य सहजै अनुमान गर्न सकिन्छ कता जाँदैछ भनेर । सत्य तितो हुन्छ है !

Image may contain: 1 person, standing and text

Image may contain: 1 person, standing, fire, outdoor and food

Image may contain: 2 people, people walking, people standing, shoes and outdoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक