20210110

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न : अहिले नेपालले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ ?

 "नेपालको राजतन्त्रले संवैधानिक मर्यादाअनुसार व्यवहार गरेको र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी दर्शाएको छ"

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्मदिको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गरि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति भन्नु नै देशको सेवा गर्ने उच्चतम साधन भएको बताउनुभएको छ । अहिले नेपालले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ भन्ने प्रश्न समेत गर्दै वहाँले  यसको समीक्षा गर्न ढिला भइसकेको बताउनुभएको छ । शाहले परिवर्तनका नाममा नेपालको आफ्नो इतिहास, धर्म, संस्कृति र एकता भत्काउँदै पराइको इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको टिपप्णी गर्नुभएको छ ।

राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व राजाले जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा रहेको स्मरण समेत गराउनुभएको छ । वहाँले  देश जोगाउन अझ बलियो एकता हुनुपर्छ भन्नुभएको छ । पूर्वराजाको विज्ञप्तिमा भनिएको छ– राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो,आज छ र भविष्यमा पनि रहनेछ । यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।

पूर्वराजाले जनताको चाहना अनुसार नेपालको राजतन्त्रले संवैधानिक मर्यादाअनुसार व्यवहार गरेको र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी दर्शाएको समेत बताउनुभएको छ । पूर्वराजाको विज्ञप्तिमा भनिएको छ– हाम्रा निम्ति देश र रजनताको हित नै सर्वोपरि रहदै आएको छ । हाम्रो बिचारमा राजनीति भन्नु नै देशको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ ?, कति अनुकुल छ ? त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक