20210110

हार्दिक बधाई सोम धितालजी र सम्पूर्ण टिममा !

मेरा परम मित्र सोम प्रसाद धिताल नेपाल विज्ञापन संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै वहाँको कार्यकालको सफलताको लागि हार्दिक शुभकामना । सँगसंगै वहाँको टिममा निर्वाचित सबै मित्रहरुलाई पनि हार्दिक बधाई । यो टिमले केही राम्रा र उदाहरणीय काम गरेको देख्न पाउँ ।
 - रामप्रसाद खनाल, अध्यक्ष
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका 
काठमाण्डौ । नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारण सभा हिजो शनिवार  एभरेष्ट होटेल काठमाडौंमा अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि”को अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरुमा संघका पूर्व अध्यक्षहरु तथा पदाधिकारिहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि” ले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउँदै मन्त्री गुरुङलाई समस्या समाधानमा विशेष पहल गरिदिन अनुरोध गरे ।  संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन नीति आवश्यक रहेको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्व गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गरे ।

उदघाट्न सत्रको समापन गर्दे वरिष्ठ उपाध्यक्ष सोम प्रसाद धितालले यथाशिघ्र विज्ञापन बोर्डमा संघको प्रतिनिधित्वको लागि जोड्दार माग गरे ।    
करिव दुई घण्टा चलेको उद्घाटन सत्रपछि  बन्द सत्र र निर्वाचन कार्यक्रम गरिएको थियो ।

२१ औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको छ । २१ औं साधारण सभाले आगामी ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय”, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिवसन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय हुनु भएको छ ।निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।

सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २÷२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट”बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ ।संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक