20210214

भ्यालेन्टाइन डे र "म" हरू !

जन्म दिने आमा मर्दा,

काज क्रिया गर्दैनन् उनीहरू !
सन्तानका लागि सर्वस्व त्याग्ने
बाउ मर्दा सम्झँदैनन् उनीहरू !
जिउँदा हुँदा हेला र झेला गर्छन् उनीहरू
दसैँ तिहारको टिका लाउन लाज मान्छन् उनीहरू
भजन कीर्तन, लोकगीत गाउन सरम मान्छन् उनीहरू
जान छोडे मन्दिर, गर्न छोडे पूजा आजा
चर्चको प्रार्थना मन पराउँछन् उनीहरू !
आयातित भ्यालेन्टाइन डे को देखासिकी गर्दै
गुलाफ बाँड्न अग्रसर छन् उनीहरू
घुँडा टेकाउँदै र टेक्दै रमाउँछन् उनीहरू
अनुशासन, मर्यादा, आफ्नो पनका कुरा गरे,
टाउको समाउँछन् उनीहरू !
हरायो लाज सरम भन्ने कुरा
देखाउन चाहन्छन् सबै सबै उनीहरू !
कली आएकै जस्तो लाग्न थाल्यो
देख्दा हेर्दा उनीहरू !
यस्तो देख्दा मन नपर्ने,
अब के गर्ने होला "म" हरू ??

 - रामप्रसाद खनाल, फेब्रुअरी १४, २०२१

   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक