20210218

फुल माला सहित अभिनन्दन थाप्ने हतार प्रहरीलाई पटक्कै सुहाएन !


 नेपाल प्रहरी फेरी पनि नैतिक रूपमा चुकेको छ ।  भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न एक सरकारी कर्मचारी पक्राउ भनेको भोलि पल्ट छिमेकी र सोही स्कुलमा पढ्ने दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गर्‍यो । अनुसन्धानका क्रममा भनौँ लौ चित्त बुझाऊँ । मेरो मनमा अझै पनि एउटा प्रश्न उठिरहेको छ - १७ बर्षको एउटा केटोले आफु भन्दा ठुली भागरथी भट्टको बलात्कारपछि हत्या एक्लै कसरी गरे होला ? प्रहरी अनुसन्धान र छानबिनको गहिराइमा अझै पुगे जस्तो लागेन है ।  अनुसन्धान टुङ्गोमा नपुग्दै, अदालतले दोषी करारको फैसला नगर्दै प्रहरीका डिआइजी सहितले  खादा, फुल माला सहित अभिनन्दन थाप्नु अनैतिक काम भएन र ?? नेपाल प्रहरी पनि अब नेता कार्यकर्ता र झोलेहरू जस्तै बनेको देख्दा कत्ती पनि चित्त बुझेन । खोइ निर्मला र निर्मला जस्ता अनेकौं चेलीहरुको बलात्कारको टुङ्गो भन्दै जनताले प्रश्न उठाइरहेकै बेला फुल माला सहित अभिनन्दन थाप्ने हतार प्रहरीलाई पटक्कै सुहाएन । यसको अर्थ यो पनि नलगाउनुहोला कि - उक्त १७ बर्षको केटो हत्यारा होइन भनेर । उही हुन पनि सक्छ तर कानुनी अन्तिम टुङ्गो नलाग्दै प्रहरीका हाकिमहरुले खादा, फुल माला सहित अभिनन्दन थाप्नु हतार मात्र होइन अनैतिक काम पनि हो जस्तो लाग्छ ।   प्रहरी महानिरीक्षक, गृह, सरकारकै ध्यान जाओस । सत्य तितो हुन्छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक