20210219

राजकुमार ह्यारी र उहाँकीपत्नी मेघन बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलग

 बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकीपत्नी मेघन(डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलगगर्नु भएको छ । बकिंगघम दरबारबाट शुक्रबार जारी विज्ञप्तिमा दि ड्युक र डचेस अफ ससेक्सले सार्वजनिक सेवासँग जोडिएका कुनै पनि काममा राजकीय सदस्यको रुपमा जनाउने जिम्मेबारी र कर्तव्यलाई निरन्तरतादिने सम्भावना नरहेको प्रष्ट पारिएको छ ।

यससँगै राजकीय सदस्यको रुपमा उहाँहरुलाई दिइएको सेनाको मानार्थ सम्मान,राजकीय सेवा सुविधा पनि उहाँहरुले महारानीलाई फिर्ता गर्नुपर्ने छ । राजकुमार ह्यारीसँगको छलफलपछि महारानीले लिखित रुपमा यस्तो जानकारी दिनु भएको हो । ह्यारी दम्पतिको यो निर्णयले सबैजना दुःखी भएपनि परिवारको सदस्यको रुपमा भने रहने विज्ञप्तिमा जनाइएको छ ।

गतबर्ष ह्यारी दम्पतिले राजकीय पदबाट अलगभई स्वतन्त्रभएर कामगर्ने बताउनु भएको थियो । उहाँहरुले आर्थिक रुपमापनि स्वावलम्बीहुने बताउनु भएको थियो । गत वर्ष मार्चमा ह्यारी दम्पतिले औपचारिक रुपमाराजकीय गतिविधिमा सहभागिता नरहने जनाएपछि उहाँहरुको निर्णयलाई एक बर्षसम्म पुनरावलोकन गर्ने समय दिइएको थियो ।

राजकीय सेवाबाट स्वेच्छाले बाहिरिएपछि ह्यारी दम्पति अमेरिका पुग्नु भएको थियो । एक सन्तानको अभिभावक भैसकेको यस दम्पति दोस्रो सन्तानको जन्माईको पर्खाईमा छन । गत फेब्रअरी १४ मादुवै जनाले दोस्रो सन्तानको पर्खाईमा रहेको तस्बिर सार्वजनिकगर्नु भएको थियो । हालै मात्र मेघनले बेलायतको चर्चित पत्रिका मेलविरुद्धको मुद्दा जित्नु भएको थियो । मेलले आफ्नो व्यतिmगत र गोपनियपत्र सार्वजनिक गरेपछि मेघन अदालतपुग्नु भएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक