20210313

लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार

 साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिएको छ । कला साहित्य र पत्रकारिताको माध्यमबाट समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै मातृभूमि साहित्य समाज मकवानपुरले लम्साललाई ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरेको हो ।

रेडियो नेपालका समाचार प्रमुखका रुपमा समेत रहनुभएका लम्साललाई महालक्ष्मी विकास बैङ्कले स्थापना गरेको उक्त पुरस्कार शनिबार हेटौँडामा एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । उच्च अदालत पाटन हेटौँडा इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटी, बैङ्कका निमित्त कार्यकारी निर्देशक जगतकुमार अधिकारी, वरिष्ठ साहित्यकार तुलसी थापालगायतले लम्साललाई दोसल्ला ओढाएर सम्मान पत्र र नगद प्रदान गर्नुभएको थियो ।

विगत २५ वर्षदेखि रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाउँदै आउनुभएका लम्सालले ‘करण’ र ‘धरा’ गरी दुई वटा महाकाव्य प्रकाशन गर्नुभएको छ । त्यस्तै उहाँका गीति सङ्ग्रह, कविता सङ्ग्रह गरी झन्डै एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । 

लम्सालसँगै मातृभूमिले संस्थाका संस्थापक देवराज खरेल र धार्मिक तथा ऐतिहासिक खोज र लेखनीमा योगदान पुर्‍याएको भन्दै केदारप्रसाद न्यौपानेलाई पनि सम्मान गरेको छ । न्यौपानेले विभिन्न स्थानको धार्मिक र सामरिक महत्त्वको बारेमा अध्ययन गरी पुस्तक प्रकाशन गर्नुभएको छ, भने खरेलले कविता, निबन्ध र मुक्तकमार्फत साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको छ ।

नेपाल मदर डट कम पनि डा. लम्साललाई यस अबसरमा हार्दिक बधाई ज्ञापन गर्दछ ।


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक