20210425

भारतका यी ताजा तस्बिर हरू हेरौँ र पाठ सिकौँ ।

भारतमा कोरोनाले अहिले सम्मकै ठुलो आतङ्क मच्च्याइ रहेको छ । राजधानी दिल्ली र मुम्बई जस्ता सहरहरूमा मात्र होइन बाहिर पनि जताततै अस्पताल भरी भराऊ छन् । स्वयम डाक्टर नर्सको ज्यान गइरहेको छ अरूको के कुरा । मान्छेहरू अस्पताल बाहिर, एम्बुलेन्समै, पार्किङ स्थलमै मरिरहेको सञ्चार माध्यमहरूले देखाइरहेका छन् ।

घाटहरूमा जलाउने ठाउँ नपाएर खुल्ला स्थानमा सामूहिक दाह संस्कार गरिरहेका दृश्य आइरहेका छन् । भारतमा रहेका नेपालीहरूको ठुलो सङ्ख्या समेत कोरोनाको चपेटामा परिसकेको देखिएको छ । भारतमा यो हुनु भनेको भोलि नेपालमा पनि हुनु हो भन्ने बुझ्दा हुन्छ हामीले किनकि हाम्रा खुल्ला सीमा, ठुलो सङ्ख्यामा दिनहुँ आते जाते अहिले पनि चलिरहेको छ । नेपालमा पनि अहिले नै अस्पताल भरिएका र सङ्क्रमण बढ्दो छ । सरकारको मात्र मुख नताकौँ । नेपाल सरकार, सम्बन्धित निकायहरू पनि तयारीमा लाग, हरेक नागरिक सचेत बन, कोरोना हल्ला वा अफवाह मात्र होइन है यो कुरा हामीले हाम्रा आँखाले अमेरिकामा देखिसकेका छौँ छर्लङ्ग त्यो भएर यसो भन्दैछौं । बाँचे सबै कुरा गर्दै गरौँला, मरियो भने के होला ? त्यसैले सबै सचेत, सावधान हुन, कोरोनाबाट बच्ने उपायहरू अवलम्बन गर्न हामी सबै गम्भीर बनौँ । भारतका यी ताजा तस्बिर हरू हेरौँ र पाठ सिकौँ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक