20210422

डा. युवराज खतिवडा राजदुत भएर आए पछि पहिलो कार्यक्रम : ड्यालस र ह्युस्टनमा आउँदो महिना घुम्ती शिविर हुने

 डा. युवराज खतिवडा राजदुत भएर आए पछि पहिलो पटक नेपाली दुतावास वासिंगटन डिसीको आयोजनामा ड्यालस र ह्युस्टनमा आउँदो महिना घुम्ती शिविर हुने भएको छ । दुतावासद्वारा जारी कार्यक्रम अनुसार ड्यालसमा मे १४ र १५ तथा ह्युस्टनमा १६ र १७ तारिक घुम्ती शिविर हुनेछ । नेपाली दुतावास डिसीबाट प्रदान हुँदै आएको

मुख्यमुख्य सेवाहरु शिविरमा प्रदान गरिनेछ । पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु शिविरमा प्रदान गरिने जनाइएको छ । ड्यालसमा अर्भिंगस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दुई दिनसम्म शिविर चल्नेछ । सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न समेत दुतावासले अनुरोध गरेको छ । ड्यालसमा राजदुत डा. युवराज खतिवडाको उपस्थितिमा आर्थिक कुटनीति संबन्धि कार्यक्रम समेत हुने जानकारी प्राप्त भएको छ ।




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक