20210516

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अझै स्थिर

 भारत / कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अझै स्थिर देखिएको छ । विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित पुष्टि भएको छ। प्छिल्लो चौबीस घण्टामा तीन लाख ६२ हजार संक्रमणमुक्त भएका छन् । शनिबार दैनिक मृत्यु दरमा सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो । भारतमा

हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ । दुई करोड सात लाख ९५ हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । भारतमा हालसम्म १८ करोड २२ लाख व्यक्तिले कोरोना बिरुद्धको खोप लगाएका छन् । कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक