20210528

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासको सुनुवाइ आज सकियो, अर्को बहस आइतबार

 प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासको सुनुवाइ अब जेठ १६ गते आइतबार हुने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइ शुक्रबार सुरु भएको थियो । शुक्रबारको सुनुवाइ दिउँसो ३ बजेसमम भयो अब यसैको निरन्तर सुनुवाइ आउँदो आइतबार हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताउनुभयो । भोलि जेठ १५ गते सुनुवाइ नहुने भए पनि

यसलाई स्थगित भन्न नमिल्ने ढकालको भनाइ छ ।स्थगित भएको होइन, आज काम गर्दा गर्दा समय सकियो अब अर्को बहस आउँदो आइतबार हुनेछ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक