20210720

प्रकृतिले सबै कुरा दिएको, सुन्दर र स्वर्ग जस्तो देश नेपाल भ्रस्ट, अनैतिक, आपराधिक नेत्रित्व र कुशासनका कारण कुरुप मात्र होइन नर्क बन्दै !

 

शेर बहादुर देउबा, केपी ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालहरुले राजनीतिलाई फोहोरी खेल बनाए पछि...

 प्रकृतिले सबै कुरा दिएको, सुन्दर र स्वर्ग जस्तो देश नेपाल भ्रस्ट, अनैतिक, आपराधिक नेत्रित्व र कुशासनका कारण कुरुप मात्र होइन नर्क बन्दै गैरहेको छ । ईतिहास र बिगतले पूर्णतया असफल, नालायक, बदनाम करार गरेका शेर बहादुर देउबा, केपी ओली, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालहरु राजनीतिलाई फोहोरी खेल बनाएर एक पछि अर्को, पालै पालो दोहोर्याएर मात्र होइन पाँच पटक सम्म पनि  प्रधानमन्त्री बन्ने अवस्था त आयो तर मुलुकले सुशासन पायो ? गम्भिर भएर सोंच्नु पर्ने भएको छ । 

आफुले सत्ता पाए सबै ठीक, सत्ताबाट बाहिर भए सबै बेठिक भन्ने अराजक र आपराधिक सोंचले ग्रस्त नेताहरुका कारण देश बिकास थप्प छ भने यही कुशासनअको कारण युवा जनशक्ती, पढ्ने विद्यार्थी, पढाउने प्रोफेसर, बिरामी हेर्ने डाक्टर, जुनसुकै क्षेत्रका, केही गरौं भन्ने र गर्न सक्ने देशका गहनाहरु बिदेश पलायन भएका मात्र छैनन बाँकी रहेका पनि हुनु पर्ने अवस्था सिर्जना भएको छ । 

देश अहिले पुरै भ्रस्ट, लुटेराहरुको स्वर्ग जस्तो भएको छ भने सँघियता, लोकतन्त्र लुटतन्त्रमा र गणतन्त्र गलगाँडतन्त्रमा परिणत भएको छ । 

प्रचण्ड जस्ता अराजक सँग साँठगाँठ गरेर हुँदा खाँदाको एमालेलाई आगो लगाएका महा कुरौटे, उखाने ओलीकै अहमताले, गल्तिले दुई तिहाइको सरकार र जनताको मत मात्र खेर गएन देश फेरी असफल, नालायक, बदनाम करार शेर बहादुर देउबा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालहरुको हातमा गएको छ । यसमा सबै भन्दा बढी जिम्मेवार कोही छ भने त्यो ओली नै हुन । ओली पछाडि अरु सहायक छँदैछन ।

देश फेरी आपराधिक, भस्मासुर प्रचण्डको पथमा अघि बढेको छ शेर बहादुर उनका कारीन्दा मात्र हुन । 

यसै बिच सत्ताच्यूत भएर बालकोटमा बर्बराइरहेका ओलीले अर्को गर्नै नहुने काम गरेका छन । पहिला प्रचन्डकै एउटा उरन्ठ्याउले, अहिले ओलीसँग रहेका प्रभु शाह नाम गरेको एउटा अराजकको सँयोजकत्वमा ‘आइटी आर्मी’को घोषणा भएको समाचार प्रकाशित भए सँगै ओली झन गलत बाटो हिंड्न थालेको देखिएको छ । 

हुन त ओलीले ‘आइटी आर्मी’को घोषणा गरे जस्ताइ माकुनेको अखिल फोर्स, प्रचन्डको पुरानै वाइसियल जिबित पारीएको छ यसले आगामी दिनमा झनै मुठ्भेड निम्त्याउने र राज्यका अङ्गहरुलाई झनै ध्वस्त बनाउने निश्चित छ । 

यस बारेमा  ओलीकै एउटा मुखपत्र जनता टाइम्स लेख्छ -   "नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गर्नुभएको छ । भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आज आयोजित बिशेष कार्यक्रमबीच ‘आईटी आर्मी’ गठन घोषणा गरिएको हो । ‘आइटी आर्मी’ को मुख्य काम ‘शासक वर्ग’ले समाजमा सृजना गरेको भ्रम चिर्ने रहेको प्रमुख साहले बताउनु भयो । कार्यक्रमबाट संगठनको अन्तरिम घोषणापत्रसमेत सार्वजनिक गरिएको छ । अन्तरिम घोषणापत्रमा द्वन्द्व र विभाजनको स्थितिको अन्त्य आइटी आर्मीले गर्ने उल्लेख छ ।

आईटी आर्मीले सूचना प्रविधि (आईटी) को सहायताले मुलुकमा व्याप्त दूराचार, भ्रष्टाचार, बेथितिलगायत विसंगति हटाउन सकिने जनाएको छ । आईटीकै माध्यमबाट दमन, उत्पीडन र विभेदलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गरिने अन्तरिम घोषणापत्रमा उल्लेख छ ।

साहका अनुसार मुख्यतः आम श्रमजीवी तथा उत्पीडित जनतालाई सूचना प्रविधिको सहायताले सुसूचित, सचेत र संगठित गर्ने गराउने आईटी आर्मीको उद्देश्य रहेको छ । एक सय ५१ सदस्यीय सो संगठनले आईटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गर्ने साहले बताउनुभयो ।"

उता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

प्राप्त अर्को समाचार अनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदसँग छलफल गरेका छन्। नयाँ बानेश्वरस्थित एक होटलमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद छन्। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका समेत गरी २२ जना सांसदले देउवाको मक्षमा मत दिएका थिए।सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालसहित २२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

२४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको भए पनि उनीहरूलाई स्पष्टिकरण सोधिएको पत्र बुझाइएको छैन। सोमबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षको उपस्थिति थिएन। मंगलबार पनि एमाले बैठक बसेको छ। मंगलबारको बैठकमा समेत नेपाल पक्ष सहभागि छैन।

यता प्रचण्ड र माकुनेको बुइ चढेर प्रधानमन्त्री बने पछि प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन। प्रधानमन्त्री देउवाले खुमलटारमा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझेका छन्। ‘प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो। पार्किन्सन् रोगका कारण लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्छ’,दाहालका प्रेस विज्ञ विष्णु सापकोटाले भने। खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ।  यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए। भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीतिक घटनामाक्रमबारे छलफल भएको बुझिएको छ। मन्त्रिमण्डल विस्तारमा पनि नेता दाहाल र देउवा छलफल गरिरहेका छन्।

अनलाइन खबरका अनुसार  जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ । मंगलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताए ।

‘सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा भने कुनै छलफल नभएको उनले बताए । संसदीय दलको विधान पारित भएको छ,’ अध्यक्ष यादवले भने, ‘जसपा एउटै पार्टी हो, दुईवटा होइन ।’ त्यस्तै पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताए ।

बैठकले संसदीय दलको विधानलाई मुख्य एजेण्डा बनाएको र नयाँ सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा केही कुरा नभएको डा. भट्टराईको भनाइ थियो । त्यस्तै पार्टीका सांसद रामबाबु यादवले संसदीय दलको विधान पार्टीबाट अनुमोदन भएर आएपछि यस अनुसार नै संसदीय दलका पदाधीकारी चयन गरिने बताए ।

केन्द्रीय कार्यकारिणी समितिको बहुमत र सांसदको पनि बहुमत आफूसँगै भएको बताए। सांसद यादवले अबको १-२ दिनमा पार्टीले निर्णय गर्ने र निर्वाचन आयोगबाट पनि दलको बारेमा आधिकारिकता आएपछि पार्टी अघि बढ्ने बताए ।

‘मान्छे चरित्रको हुनुपर्छ, डबल रोलले चल्दैन, एउटै चरित्र लिएर महन्थ ठाकुर पक्ष आउनुभयो भने, उनीहरुलाई पार्टीमा अझै ठाउँ छ, सांसद यादवले भने, ‘मन्त्रीहरुको कुरा भनेको निर्वाचन आयोगबाट दल फाइनल भएपछि मात्रै हुन्छ।’ नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै सांसद यादवले ढिलोचाँडो सरकारमा सहभागी बन्ने बताए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक