20210914

टिकटक बनाउने क्रममा सेतीमा खसेर तनहुँमा एक युवती बेपत्ता

नदी किनारमा टिकटक बनाउने क्रममा सेतीमा खसेर तनहुँमा एक युवती बेपत्ता भएकी छन् । मङ्गलवार दिउँसो जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ र ४ को सीमा स्थलमा रहेको रकगार्डेन सेतीको खोँचमा टिकटक बनाउन पुगेकी युवती बेपत्ता भएकी हुन् । दुई साथीसँगै नदी किनारमा पुगेकी शुक्लागण्डकी नगरपालिका ८ की पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । कार्यालयका प्रमुख समेत रहेको प्रहरी निरीक्षक खड्काले बेपत्ता लम्सालको खोजी भइरहेको जनाउनुभएको छ । 

प्राप्त जानकारी अनुसार लम्साल केही दिन अघि बिहे भएकी नयाँ बेहुली हुन् । पक्की पुल र झोलुङ्गे पुलकोबीचबाट ती युवती खसेर बेपत्ता भएको  उनीसँगै गएका साथीहरूको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिनुभएको छ  । ‘साथी खसेपछि उनीहरू आत्तिएर माथि आएछन्’, प्रहरी निरीक्षक खड्काले भन्नुभयो ‘पछि वडा अध्यक्षले हामीलाई जानकारी गराएपछि घट्नाबारे थाहा भएको हो ।’ घटनाको  जानकारी लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेको राखेको छ । खोजका लागी यो समाचार तयार पार्दा सम्म युवती बेपत्ता भएको स्थान वरपरदेखि भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको छ ।- अशोक विश्वकर्मा



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक