20211019

आज १२ जनाको मृत्‍यु, यस्तो छ नेपालमा कोरोना र खोपहरुको ताजा अवस्था

 नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९५७ र एन्टीजेन परिक्षणबाट १३९ गरि कुल १०९६ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १००४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.१ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २२८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८१४० पिसिआर र १७७६ नमुना एन्टीजेन परिक्षण गरि कुल ९ हजार ९१६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ८१५ पुगेका छन् । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ । अहिलेसम्म पहिलो मात्रा ८५ लाख ६२ हजार ३६५ र पूर्ण मात्रा ६४ लाख ८५ हजार ९२३ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक