20211019

कविता : भुस्याहा कुकुरहरू !

कहिले एकाएक,
मिले जस्तो नाटक गर्छन् 
एकाएक कहिले,
 भिडे जस्तो नाटक गर्छन् 
कहिले आ आफै झम्टेर,
टोकाटोक गर्छन्
कहिले किट्दै दाह्रा, 
दुवैले ठोकाठोक गर्छन्
हाम्रो गाउँका, 
दुई महा भुस्याहा कुकुरहरू !
छाउराहरू पनि के कम,
दुवै कुकुरहरूका,
पछि लाग्दै हिड्छन, 
हाउ हाउ गर्दै भुक्छन्
उनका भुस्याहा माउँहरु,
मिले जस्तो गर्दा, 
पुच्छर लुकाउँदै 
कता जान्छन्  जान्छन्,
देखिन्नन् लुक्छन् !
माउँहरु लड्दा, 
भुस्याहा छाउराहरू पनि भुक्छन् ! 
कुकुर तिहार,
एक दिन आउँथ्यो पहिले, 
अहिले बर्सै भरी !
राम्रा भए पो पाल्नु,
भुस्याहा कुकुरहरू पाल्नु के गरी 
सोझा परे हाम्रा गाउँलेहरू,
 हान्दैनन् दाउराले पनि !
त्यही भएर टेर्दैनन्,
भुस्याहा माउँ र छाउराले पनि !  
 - रामप्रसाद खनाल


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक