20220212

रुसले युक्रेनमा कुनैपनि समय हमला गर्न सक्ने भएकाले सेना तयारी अवस्थामा राखिएको अमेरिकाको दाबी

 अमेरिका / रुसले युक्रेनमा कुनैपनि समय हमला गर्न सक्ने भएकाले सेना तयारी अवस्थामा राखिएको अमेरिकाले दाबी गरेको छ । हवाई हमलाबाट सुरु हुने हस्तक्षेपका कारण सर्वसाधरण जोखिममा पर्न सक्ने अमेरिकाले दाबी गरेको छ । जसका कारण ४८ घण्टा भित्र युक्रेनमा रहेका सबै अमेरिकि नागरिकलाई बाहिरिन ह्वाइटहाउसले आग्रह गरेको छ । युक्रेनको सिमामा १ लाख भन्दा बढि संख्यामा सेना तैनाथ गरेपनि रुसले हमला गर्ने आरोपको भने निरन्तर खण्डन गर्दै आएको छ । अमेरिका संगै बेलायत, क्यानडा, नेदरल्याण्ड्स, लात्भिया, जापान, र दक्षिण कोरियाले आफ्ना नागरिकलाई युक्रेन छाड्न सुचना जारी गरेका छन् । रुसको

विदेशमन्त्रालयले भने पश्चिमा मुलुकहरुले गलत सुचना फैलाइ रहेको आरोप लगाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हमलाको अन्तिम निर्णय गरीसकेपनि आक्रमणलाई पुष्टि गर्न कथा बुन्ने काम भैरहेको अमेरिकाले दाबी गरेको छ ।  


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक