20220221

साला ! आफुले जतिसुकै ढुंगा हाने पनि न देश स्वीजर्लैन्ड बन्यो । न ज्ञानेन्द्र शाहले देश छोडे । बरु अलि पछि म आफै खाडी तिर लागें !!

No photo description available.

 - सन्तोष चिमरिया 

पुरानो नेपाललाई नयाँ बनाउन होस , अथवा दक्षिणा एसियाको दलिद्र मुलुकलाई, युरोपको स्विजर्लैन्ड बनाउन होस , मैले पनि जमनामा धेरै ढुंगा हानेको छु । टायर बालेको छु । हुद्दा बटुलेर पुलिस लखेटेको छु । त्यसैले,पुतलीसडक , प्रदर्शनीमार्ग , रत्नपार्कतिर रेलिङ्हरु नयाँ बन्नुमा मेरो पनि धेरै योगदान छ ।किनभने, पुरानोको ध्वङ्स नगरी नयाँ सृजना हुदैन थियो।

           पछि मलाई, ज्ञाने चोर देश छोड भनेर उफ्रने उपक्रममा पुलिसले कता कताबाट  , भृकुटीमन्डपको गेटैमा ,च्याप्प 

समातेर रामधुलाई दियो । 

साला ! आफुले जतिसुकै ढुंगा हाने पनि न देश स्वीजर्लैन्ड बन्यो । न ज्ञानेन्द्र शाहले देश छोडे । बरु अलि पछि म आफै खाडी तिर लागें । मेरो ठाउँ भर्न , पासपोर्ट बनिनसकेका प्रसस्त बेरोजगार युवा युवती छदै थिए । 

   खाडीमा बेल्चा हान्न थालेपछि भने, पुलिसको राम धुलाईमा परेका मेरा करङहरु बल्झिएर दुख्न थाले । जति जति बेल्चा हान्यो, उति उति चस्स चस्स गरेर करङ भित्र ,नयाँ नेपाल र स्वीजर्लैन्ड दुखेर म फत्रक्क फत्रक्क हुन्थे । हिजोआज घन्टा बजाउदा नि ति घाईते करङहरु चस्स चस्स गरेर दुख्छन । 

    लगभग दुई दशकपछि ,आज ,आफु जस्तै एउटा मुर्ख सडकमा कुटिएको दृश्य देख्दा , मलाई आफ्नै मुर्खताको झल्झली याद आइरहेको छ । अनि म त्यो र ति सबै अभागीहरुको बर्तमानस्ंगसगै भविस्य पनि कुनै ज्योतिषले झै झल्झली देखिरहेको छु । 

त्यसैले ,

  हे गठबन्धन सरकार ! 

     तिनलाई त्यसरी नकुट । ति मध्धे कोहि डिभि भरेर बसेका छन । कसैलाई पढ्ने बहानामा अस्ट्रेलिया जानु छ । कसैलाई युरोपतिर जानु छ । कोहि खाडी/ मलेसियाको भिसा पर्खिरहेका छ्न । तिनलाई आफ्नो परिवार र आफ्नो देश पाल्न पृथ्बिका दुर दराजसम्म गएर बेल्चा हान्नु छ । घन्टा हान्नु छ । त्यसैले तिनका करङमाथी अलिकति दया गर गठबन्धन सरकार ! 

तिनलाई आफै उराल्दै सडकमा पठाएर, आफै तिनका करङ भाच्ने काम नगर । 

 पछि यो प्रकरण सकिएपछि, तिनले घन्टा र बेल्चा हान्न्दा तिनका करङमा राष्टियता चस्स चस्स घोचेर , तिनलाई निदाउन गारो पर्छ । काम गर्न गार्हो हुन्छ ।

सन्तोष चिमरियाको यो लेख पनि पढ्नुस् 

Click on the below link








GO TO HOME PAGE

Go to Home Page 
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक